भक्तपुर । नेपाल कम्युनिष्ट पार्टी एमालेबाट उम्मेदवारी दिएका सहकारीकर्मी बिदुर खड्का वडा सदस्यमा निर्वाचित भएका छन् । उनी भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नम्बर ४ को सदस्यमा निर्वाचित भएका हुन् । गाम्चा बचत तथा ऋण सहकारी संस्थाको सचिव रहेका खड्काले १ हजार ७ सय ३ मत ल्याएर विजयी भएका हुन् ।
उनका साथै अर्को सदस्यमा नेपाली कांग्रेसबाट उम्मेदवार बनेका उज्ज्वल राजथलाले १ हजार ७ सय २१ मत ल्याएर विजयी भएका छन् । यसैगरी सदस्यमा महिला सदस्य नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट मन्जु कार्कीले ११९३ मत ल्याएर विजयी भएकी छन् भने दलित महिला सदस्य नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट कल्पना नेपालीले १३३८ मत ल्याएर बिजयी भएकी छन् ।
Leave a comment