काठमाडौं । नेपाली कांग्रेसबाट उम्मेदवारी दिएका सहकारीकर्मी शशीधर पोखरेल सदस्यमा निर्वाचित भएका छन् । उनी ललितपुरको महालक्ष्मी नगरपालिका वडा नम्बर ९ को सदस्यमा निर्वाचित भएका हुन् । सहकारी ऋणकोष बचत तथा ऋण सहकारी संस्थाको सचिव तथा सिद्दिबिनायक कृषि सहकारी संस्थाको अध्यक्ष रहेका पोखरेलले १ हजार ६६ मत ल्याएर विजयी भएका हुन् । उनका साथै अर्को सदस्यमा एमालेबाट उम्मेदवार बनेका रामकेशर थापाले १ हजार ६५ मत ल्याएर विजयी भएका छन् ।
विजय घोषित भएपछि पोखरेलले स्थानीय तहको निर्वाचनमा उत्साहपूर्वक सहभागी भई अमूल्य मत दिएकोमा मतदातालाई आभार व्यक्त गरेका छन् । ‘मलाई महालक्ष्मी नगरपालिका वडा नं. ९ को वडा सदस्यमा निर्वाचित गराई समाजको महत्वपूर्ण जिम्मेवारी दिनुभएकोमा सम्पूर्ण वडावासीहरुप्रति हार्दिक आभार व्यक्त गर्दछु’ उनले फेसबुकमा लेखेका छन् ।
Leave a comment