हाइलाइट

सहकारीकर्मी हुमागाई र कार्की पराजित

सहकारीकर्मी हुमागाई र कार्की पराजित :: Sahakari Akhabar

काठमाडौं । सहकारीमा पहिचान बनाएका केही उम्मेदवार पराजित भएका छन् । कृषि सहकारी सङ्घ ललितपुरका सचिव पुरुषोत्तम हुमागाईँ ललितपुरको महाकाल गाउँपालिकाको उपाध्यक्षमा पराजित भएका छन् । एमालेका तर्फबाट उपाध्यक्ष बनेका हुमागाईले २ हजार ७ सय ८७ मत ल्याउँदा उनका प्रतिष्पर्धी माओवादीका डोल्मा माया गोले ३ हजार १ सय ५२ मत ल्याएर विजयी भएका हुन् ।

म्याग्दी जिल्ला सङ्घका अध्यक्ष प्रेमबहादुर कार्की म्याग्दीको रगुगंगा गाउँपालिकाका अध्यक्षमा पराजित भएका छन् । एमालेबाट उम्मेदवार बनेका कार्कीले ३ हजार २ सय ७९ मत ल्याएका थिए । उनका प्रतिद्धन्द्धी कांग्रेसका भवबहादुर भण्डारीले ४ हजार ३८ मत ल्याएर विजयी भएका हुन् । 



Leave a comment