हाइलाइट

टुगा आस्था बिकास साकोसको डिजिटल सेवा तालिम

टुगा आस्था बिकास साकोसको डिजिटल सेवा तालिम :: Sahakari Akhabar

रुपन्देही । टुगा आस्था बिकास बचत तथा ऋण सहकारीले मोबाइल बैंकिंग एप सम्वन्धि एक दिने तालिम दिएको छ । संस्थाको व्यवस्थापन समूहले डिजिटल सेवा मोबाइल बैंकिंग एप सम्वन्धि एक दिवसीय सिकाइ आदानप्रदान कार्यक्रम सम्पन्न गरेको हो । प्राविधिक समस्या पहिचान र हल गर्न सक्षम भएमा सेवा प्रभावकारी हुने कार्यक्रमको उद्देश्य रहेको थियो ।

कर्मचारीहरु संस्थाको डिजिटल सेवामा जोड्न, आइपर्ने समस्या पहिचान गरी समान गर्न सक्षम बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको मुख्य प्रवन्धक लक्ष्मण कुमार थापाले जनाए । संस्थाले संचालन गरेको मोबाइल एप प्रयोगमा सदस्यहरुलाई मोबाइल बैकिङ्गबाट वित्तीय कारोबार देखि सुझाव, सल्लाह र जिज्ञासा संकलन तथा सूचना प्रवाह गर्न सकिने बिधि बारे प्रशिक्षण दिईएको मुख्य प्रवन्धक थापाले जनाए ।

संस्थाका ५६ प्रतिशत सदस्यहरु मोबाइल एपमा जोडिएकोले सस्था कै मोबाइल एप  कसरी प्रयोग गर्ने, आस्थाश्री सेवाकेन्द्रका प्रवन्धक लक्ष्मण काउचाले प्रयोगात्मक बिधिबाट प्रशिक्षण दिएका थिए । संस्थाका अध्यक्ष डी.बि. थापाले सिकाइको कुनै सिमा नहुने भएकोले निरन्तर सिकाइको क्रममा अहिलेको आधुनिक युगमा डिजिटल माध्यम अतिनै उपयुक्त रहेकोले संगसंगै हिड्न सकिएन भने पछाडी पर्ने बताए ।



Leave a comment