दूधको मूल्यमा डीडिसी र निजी डेरीको विवाद 

मूल्य बढ्दा उपभोक्ता मारमा

दूधको मूल्यमा डीडिसी र निजी डेरीको विवाद  :: Sahakari Akhabar

काठमाडौं । सरकारले दूधको मूल्य बढाएको छ । सरकारले किसानको दूधको मूल्य बढाएसँगै उपभोक्ता मूल्य बढेको हो । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले डीडीसीलाई प्रशोधित दूधको मूल्य निर्धारण गर्न अख्तियारी दिएको थियो । डीडीसीले तय गरेको मूल्यमा असहमति जनाउँदै निजी डेरीले नयाँ मूल्य निर्धारण गरेका हुन् ।

निजी डेरी उद्योगीले सरकारी स्वामित्वको दूग्ध विकास संस्थान (डीडीसी)ले तोकेको मूल्यमा असहमति जनाएका छन् ।  डीडीसीले आधा लिटरको प्रति प्याकेट मूल्य ४२.५० पैसा कायम गरेको छ । तर डीडीसीले उक्त मूल्यमा असहमति जनाउँदै ४३ रुपैयाँमा दूध बिक्री गर्ने बताएका छन् ।

डेरी एसोसिएसनले फागुन १ गतेदेखि मात्रै लागू हुने जनाएको छ । डीडीसीले बढेको मूल्य शुक्रबारदेखि नै कार्यान्ययन भइसकेको जनाएको छ । डीडीसीले प्रतिलिटर ९ रुपैयाँ बढाएकोमा निजी डेरी उद्योगीले १० रुपैयाँ बढाएका छन् । निजी डेरी उद्योगले किसानबाट दूध खरिद गर्दा डीडीसीले दिने भन्दा बढी मूल्यमा खरिद गर्ने गरेको दावी गरेका छन् ।

४ प्रतिशत फ्याट ८ प्रतिशत, एसएनएफ रहेको कच्चा दूधको मूल्य ५३.४५ बाट वृद्धि गरी ६२ रुपैयाँ पुर्याएको डेरी उद्योग संघले जनाएको छ । सोही अनुसार प्रशोधित दूधको मूल्य प्रति लिटर ८६ रुपैयाँ पुगेको छ । अब स्टयान्डर्ड प्रशोधित दूध प्रति प्याकेट ४३ रुपैयाँ भन्दा कममा बिक्री गर्न नसके डेरी उद्योगीहरुले बताएका छन् ।

यसअघि गत माघ १७ गते बसेको मन्त्रिपरिषद् बैठकले किसानका लागि प्रतिलिटर ६.५२ रुपैयाँ वृद्धि गरी ५६.०४ रुपैयाँ निर्धारण गरेको थियो । त्यसअघि किसानले बेच्ने दूधको मूल्य प्रतिलिटर ४९.५२ रुपैयाँ थियो ।



Leave a comment