मल बिक्रीमा सहकारीको बदमासी

मल बिक्रीमा सहकारीको बदमासी :: Sahakari Akhabar

दाङ । मल बिक्रीमा सहकारीको बदमासी भएको पाइएको छ । कृषकले अति न्युन मल पाएको, रकम बढी तिर्न परेको, मलको गुणस्तर, तौलका विषयमा गुनासो गरेका छन् । राप्ती गाउँपालिका कृषि विकास शाखाले कृषकले मल नपाएको विषयमा गुनासो आएपछि अनुगमन गरेका थियो ।

अनुगमनका क्रममा गाउँपालिकाले तोकेको मूल्यमा सहकारीले कृषकलाई मल दिए/नदिएको, मल तौलका लागि प्रयोग हुने तराजुको प्रकार, मल भण्डारण गर्ने भण्डार कक्ष, मल बिक्री वितरण गर्दा कृषकलाई सहकारीको बिक्री बिल प्रतिलिपी, कृषक परिचय पत्र, वितरण क्षेत्र लगायतका विषयमा अनुगमन गरिएको छ ।

राप्ती क्षेत्रका सहकारीद्धारा वितरण गर्ने ब्यवस्था मिलाइएकोमा विभिन्न स्थानबाट बदमासी गरेको पाइएको हो । अनुगमन समिति संयोजक जगदम्वाकुमारी चौधरीको संयोजकत्वमा ८ वटा वडामा मल वितरण गर्ने सहकारीमा अनुगमन थालिएको कृषि विकास अधिकृत महेश अधिकारीले जानकारी दिए ।

अनुगमन समिति संयोजक जगदम्वा कुमारी चौधरी, कृषि विकास अधिकृत महेश अधिकारी, कृषि सामाग्री कम्पनी लिमिटेड लमही शाखाका निमित्त कार्यालय प्रमुख घनश्याम कहार, कृषि अधिकृत अनील अधिकारी, कृषि प्राविधिक सहायक सीमा भट्ट लगायतको टोलीले आइतबार वडा नं २ र ४ का सहकारीमा अनुगमन गरेको हो ।

अनुगमनको क्रममा सहकारी तथा मल वितरण केन्द्रका पदाधिकारी, कर्मचारीलाई कृषकका गुनासा तथा ९ प्रश्नमा रहेर प्रश्न तथा सुझाव दिएको छ । साथै मलका बारेमा कृषकको गुनासो समाधानका लागि राप्ती गाउँपालिका कृषि विकास शाखा र कृषि सामाग्री कम्पनी लिमिटेड लमही शाखा लागीगरेको बताइएको छ ।



Leave a comment