सहकारीलाई कृषि उपकरण

सहकारीलाई कृषि उपकरण :: Sahakari Akhabar

दाङ । दाङको दंगीशरण गाउँपालिकाले सहकारीलाई कृषि यन्त्र उपकरण वितरण गरेको छ । गाउँपालिकाको कृषि शाखाले दंगीशरण गाउँपालिकाका सहकारी, कृषि समुह र फर्महरुलाई मिनीपावर टिलर र कुटानी पिसानी मिलका लागि (कम्बाईङ्गमिल) वितरण गरेको हो ।

दंगीशरणले किसानहरुलाई ५० प्रतिशत अनुदानमा टिलर र मिल वितरण गरेको कृषि शाखाका प्रमुख मानबहादुर डांगीले बताए । कृषिको व्यवसायिकरणका लागि गाउँपालिकाले यन्त्र वितरण गरेको हो । कृषकलाई व्यवसायिक बनाउँदै उत्पादन बढाउनका लागि शाखाले ५४ वटा कम्बाईङ् मिल र २६ वटा पावर टिलर गरेको हो ।

कम्बाइङ मिल १८ र २२ हर्सपावर क्षमताको पावर टिलर भरत मेसीनरी पार्टस ईटहरी सुनसरीबाट खरीद गरिएको थियो । दंगीशरण गाँपालिकाले हरेक बर्ष मिनी पावर टिलर वितरण गर्दै आउको छ । यन्त्र, उपकरण पाएपछि  खेतबारी जोत्नका लागि सहज हुनुका साथै व्यवसायिक कृषि फस्टाउन थालेको छ ।



Leave a comment