सहकारीद्धारा कष्टम ह्यारिङ सेन्टर स्थापना 

सहकारीद्धारा कष्टम ह्यारिङ सेन्टर स्थापना  :: Sahakari Akhabar

सर्लाही । सर्लाहीको स्थानीय साना किसान कृषि सहकारी संस्थाले कष्टम ह्यारिङ सेन्टर स्थापना गरेको छ । किसानलाई व्यवसायिक कृषिमा सघाउन सहकारीले आधुनिक कृषि यन्त्र उपकरण बाँढेको हो ।

मकै खेतीका लागि पकेटक्षेत्र मानिएका बागमती १० शंकरपुरका किसानले खेती गर्नका लागि आधुनिक कृषि यन्त्र पाउँदा खुसी भएका छन् । चर्को मूल्य तिरेर हलो गोरु र ट्याक्टरबाट खेती गर्दा लागत बढी भएकोमा किसान चिन्तित थिए ।

यन्त्रबाट लागत कम लाग्नुका साथै  उत्पादित बस्तुको सुरक्षित भण्डारण हुने र  कृषि पेशा मर्यादित एवं व्यवसायिक हुने भएकाले किसान हर्षित छन् । यन्त्र भित्रिएसँगै किसानलाई मंहगोमा मजदुर खोज्न पनि समस्या नहुने भएको छ । किसानले ट्याक्टरलाई तिर्दै आएको चर्को पैसाको पनि बचत हुने किसान गोविन्द महतोले बतँए ।

सहकारीले चलन चल्तीको रेट भन्दा २० प्रतिशत कम मूल्य निर्धारण गरेको जनाएको छ । प्रतिविगाहमा १० हजार खर्च हुँदै आएकोमा मेसिनबाट ६ हजारमै रोप्न सकिने भएको छ । सहकारीले ल्याएको कम्बाइन्डबाट आठ हजार रुपैयाँमै दाउनी हुने भएपछि किसान दंग छन् । मकै काट्न, ढुवानी गर्न र दाउनी गर्न प्रतिबिगाहा २५ हजार  रुपैयाँ पर्छ ।

प्रदेश २ सरकार कृषि विकास निर्देशनालय नक्टाझिज धनुषाबाट ५० प्रतिशत अनुदानमा १७ ओटा आधुनिक कृषि यन्त्र ल्याएको सहकारकी अध्यक्ष कमलकुमारी पोखरेलले जानकारी दिइन् ।  २ करोड ७० लाख २२ हजार नौसय ८४ रुपैया ७४ पैसाको लागतमा यन्त्र खरिद गरी कष्टम ह्यारिङ्ग सेन्टर स्थापना गरिएको हो ।

निर्देशनालयले १ करोड ४० लाख २३ हजार तीन सय २५ रुपैया ६९ पैसा अनुदान दिएको छ । संस्थाले एक करोड २९ लाख ९९ हजार छ सय ५९ रुपैया ५ पैसा लगानी गरेको अध्यक्ष पोखरेलले बताइन् । ६ थान ट्याक्टर, दुईथान पावर ट्रिलर, दुईथान माटो मिलाउने, दुईथान मिनी ट्रिलर, पाँचथान मकै रोप्ने मेशिन, पाँचथान ट्रली ल्याइएको छ ।

त्यसैगरी कथान कम्बाइन्ड हार्बेष्टर, दुईथान बोरा सिलाउने मेशिन, चारथान रोटा भेटर, एकथान एम्बी प्लग, चारथान डिक्स ड्यारो, छथान कल्टीभेटर, एकथान धानको बिउ राख्ने मेशिन, दुईहजार थान प्लाष्टिक ट्रे, एकथान स्टार रिपर, एकथान धान रोप्ने मेशिन, एकथान रिपर एक र एउटा मेशिन राख्ने ट्रस्ट ल्याइएको हाे ।



Leave a comment