सहारा नेपाल साकोसका ३ सय किसानलाई निशुल्क घाँस बितरण

सहारा नेपाल साकोसका ३ सय किसानलाई निशुल्क घाँस बितरण :: Sahakari Akhabar

झापा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाको सदस्य कृषकहरुलाई उन्नत जातको घाँसको बिउ वितरण थालेको छ । संस्थाको झापास्थित २७ वटा सेवा केन्द्रमार्फत ३ केजीका दरले घाँसको बिऊ वितरण सुरु गरिएको हो ।

सहारा नेपालको सदस्य भई ब्यावसायिक बाख्रा पालन गर्ने ३०० जना उद्यमी किसानलाई यो वर्ष घाँसको विउ वितरण गरिने एग्रो विजनेस युनिटका प्रमुख डा. कमलेश्वर भाटले जानकारी दिए । उनका अनुसार टिओसेन्टी र सुडान जातका बर्खे घाँसको विउ निशुल्क प्रदान गर्न थालिएको हो ।

सस्थाकाे कार्यक्षेत्र मध्ये झापा, मोरङ, सुनसरी, पाँचथर, इलाम र उदयपुर गरी ६ वटा जिल्लामा व्यवसायिक कृषि तथा पशुपालन गर्ने सदस्यहरुलाई एग्रो विजनेस यूनिटले सेवा पुर्याउँदै आएको छ । संस्था अन्तरगतको सो यूनिटले पशु तथा कृषि परामर्श सेवा प्रभावकारी रुपमा उपलब्ध गराउन तालिम पनि दिइरहेको छ ।




Leave a comment