मकवानपुर । निषेधाज्ञाका क्रममा सरकारले अत्वावश्यक वस्तु बिक्री वितरण खुला गरेपनि मकवानपुरमा दूध बिक्रीमा समस्या भएको छ । मकवानपुरगढी गाउँपालिकाका किसानले दूध बिक्री गर्न सकेका छैनन् ।
मनकामना दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष अर्जुनप्रसाद दाहालले दैनिक चार हजार दुध संकलन गर्ने गरेकोमा निषेधाज्ञाका कारण संकलन तथा बिक्री गर्न समस्या भएको बताए । अहिले दिन बिराएर दूध संकलन भइरहेको छ ।
गाउँमा १८ गाई फर्महरु छन् । किसानले दुध खाएर नसकी फ्याक्नुपर्ने अवस्थामा पुगेका छन् । जिल्ला संघले संकलन गरेको दूध रोटेशनमा उद्योगलाई पठाउँछ ।
३०/४० वटा गाई पाल्ने व्यवसायिक किसानले खाएर दूध नसकिने हुँदा बिक्री नहुँदा समस्या भएको गुनासो गर्छन् । जिल्ला प्रशासनले दुध संकलन र बिक्री गर्न सहज नभएको किसानको गुनासो छ ।
संस्थामा २० वटा गाई पाल्ने पदमज्योती पशुपालन फर्म, देवीडाँडा गाइपालन फर्म, ४५ वटा गाई पाल्ने राधाकृष्ण करुणा गाइफर्म, १० वटा गाई पाल्ने सिता गाईफर्म, १४ वटा गाइ भएको बजगाई गाईफर्म लगायत अन्य फर्महरुबाट संस्थामा दुध संकलन हुने गरेको अध्यक्ष दाहालले सुनाए ।
दुध हरेक दिन बिक्रि गर्न नपाउँदा किसान मर्कामा परेका छन् । दुधका परिकार बनाए पनि बढी हुने र फ्याक्नु पर्ने अवस्था सिर्जना भएको अध्यक्ष दाहालले बताए ।
‘गाईवस्तुलाई दाना खुवाउनै पर्ने, यसैबेला दानाको मुल्यवृद्धि हुनुले पनि खर्च बढ्ने किसानको लागत बढेको छ । तर उत्पादित दुध बिक्रि गर्न नपाउनाले व्यवसायिक पशुपालक किसानले घाटा व्यहोर्नु परेको छ ।
आम भञ्ज्याङमा रहेको उज्जवल दुग्ध उत्पादन सहकारी संस्थाले झण्डै साना ठुला गरेर ११ वटा गाई फर्म र अन्य किसानहरुबाट दैनिक तीन हजार दुध संकलन गर्ने गरेको संस्थाका व्यवस्थापक बलराम घिमिरेले बताए । २ दिन बिराएर दूध संकलन गर्नुपर्ने वाध्यता रहेको उनले सुनाए । खान नसक्ने, बजारसम्म पनि जान नसक्नेले दूध खेर फाल्न वाध्य छन् ।
भूपु नमुना कृषि फर्मका सञ्चालक दामोदर अधिकारी दैनिक ९० लिटर दुध उत्पादन हुने गरेपनि प्रहरी र प्रशासनको डर दूध बिक्री गर्न चुनौति रहेको बताए ।
महँगो दाना, घाँस, पराल श्रम जोड्दा व्यवसायिक पशुपालक किसान घाटामा रहेको अधिकारी बताउछन् । सवारी साधन मोटरसाइकल हुनेले चौकीटोल सम्म गएर दुध बिक्रि गर्ने गरेपनि दिनको १५÷२० लिटर उत्पादन हुने तर साधन नहुनेलाई बिक्री गर्न संभव नभएको घिमिरे बताउँछन् ।
Leave a comment