सरकार सहकारीको साझेदारीमा ६ करोड लागतमा दाना उद्योग खुल्ने

सरकार सहकारीको साझेदारीमा ६ करोड लागतमा दाना उद्योग खुल्ने :: Sahakari Akhabar

सर्लाही । बागमती नगरपालिका–८ शंकरपुरमा सरकार र सहकारी साझेदारीमा झण्डै करोड लगानीमा दाना उद्योग खुल्ने भएको छ । दाना उधोग निर्माणका लागि कुल लागत ५ करोड ९३ लाख ९७ हजार रुपैयाँ लाग्ने अनुमान गरीएको छ ।

संघिय सरकारबाट ५० प्रतिशत अनुदान, बागमती नगरपालिकाको कृषि कार्यक्रमबाट २५ प्रतिशत र २५ प्रतिशत रकम समुदायबाट शेयर आव्हान गरी उधोग निर्माण गरिने संस्थाका प्रबन्धक माधव काफ्लेले बताए ।

उधोगबाट प्रतिघण्टा ५ टन तयारी दाना उत्पादन हुने संस्थाले जनाएको छ । कृषि जोनको रुपमा रहेको बागमती नगर क्षेत्रमा मकैँ, गँहुलगायतका अन्नबाली उत्पादन हुने गरेको छ ।

पहिलो चरणमा बागमती नगरपालिका मार्फत पचाँस लाख र साना किसान कृषि सहकारी शंकरपुरबाट पचास लाख गरी एक करोडको लागत साझेदारीमा दाना उद्योगको शिलान्याँस गरिएको छ ।

उद्योगको आगामी असार पन्ध्र गते भित्र कम्पाउण्ड वाल र फुटपाथ निर्माण हुने जनाइएको छ । उद्योगको गत शनिबार नगर प्रमुख भरतकुमार थापाले शिलान्याँस गरेका हुन् ।

उधोग सञ्चालन पछि यस क्षेत्रका किसानले उत्पादन गरेका मकै, धान गहुँलगायतका बालीले मुल्य पाउने र पशुपालन गर्ने किसानले सुलभ मुल्यमा दाना पाउने अपेक्षा गरेका छन् ।



Leave a comment