चितवन । दूग्ध सहकारीले सहुलियत कर्जा पाउने भएका छन् । नेपाल क्रेडिट एण्ड कमर्स बैंकले चितवन जिल्लाका दुग्ध उत्पादक किसान तथा संस्थाहरूले व्यवसायिक कृषि तथा पशुपन्छी कर्जा दिने भएको छ ।
बैंकले चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संस्थासँग सम्झौता गरी सहकारीमार्फत सहुलियत कर्जा दिने सम्झौता गरेसँगै किसान हर्षित भएका छन् ।
बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रमेशराज अर्याल र चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ चितवनका अध्यक्ष रत्नमणि न्यौपानेले सहुलियत कर्जा प्रदान गर्न हस्ताक्षर गरेका छन् ।
सम्झौताअनुसार बैंकले जिल्लाभरिका दुग्ध उत्पादक किसानहरूको व्यवसाय प्रवर्द्धन गर्न उत्पादन एवम् रोजगारी अभिवृद्धि गर्न सहुलियत कर्जा दिने छ । संघ अन्तर्गतका सदस्य दुग्ध उत्पादक सहकारी संस्थसँग आवद्ध किसानले कर्जा पाउने छन् ।
नेपाल राष्ट्र बैंकले सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधि, २०७५ (तेस्रो संशोधनसहित) अन्तर्गत व्यवसायिक कृषि तथा पशुपन्छी कर्जा प्रवाह गर्नका निम्ति बैंकले उक्त संस्थासँग सम्झौता गरेको हो ।
Leave a comment