झापा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले सदस्यलाई बाख्रापालन सम्बन्धी दुई दिने तालिम प्रदान गरेको छ । संस्थाका इलामको चुलाचुली र दमक नगरपालिकाका बाख्रापालक सदस्यलाई माघ २८ र २९ गते तालिम प्रदान गरेको हो । सदस्यहरुलाई ब्यवसायीक बनाउने उद्देश्यले बाख्रापालन सम्बन्धी तालिम प्रदान गरेको संस्थाले जनाएको छ ।
सस्थामा आवद्ध बाख्रापालक कृषकलाई व्यवसायिक बनाउने उद्देश्यले तालिमको आयोजना गरिएको सहारा नेपालका पशु प्राविधिक कम्लेश्वर भाटले बताए । उनले भने संस्थाले हालसम्म कार्यक्षेत्र भित्रका पाँच हजार बाख्रापालक किसानलाई तालिम दिइसकेको छ । सहारा नेपालले बाख्रापालनका साथै कुखुरापालनमा संलग्न व्यवसायीलाई समेत तालिम दिँदै आएको जनाइएको छ ।
तलिमबाट धेरै कुरा सिक्ने अवसर मिलेको सहभागी कृषकहरु बताउँन् । बाख्राका जात, आहारा व्यवस्थापन, खोप लगायतका बारेमा जनाकारी भएको उनीहरुको भनाई छ । तालिमले कृषकलाई उद्यमी बन्न ठुलो सहयोग पुग्ने सहभागीहरुले बताए ।
Leave a comment