महिलालाई उद्यमी बनाउने मौरीपालन सहकारी

केन्द्रीय सहकारी संघको भूमिका गौण

महिलालाई उद्यमी बनाउने मौरीपालन सहकारी :: Sahakari Akhabar

महको व्यवसायिक उत्पादन र बजारीकरणमा माहुरीपालन केन्द्रीय सहकारी संघको भूमिका गौण छ । संघले सिफारिससम्म गर्न सके पनि अन्य प्रवद्र्वनका काम गर्न नसकेको कृषकको गुनासो छ । संघ सक्रिय भएमा बजारीकरण गर्न र आधुनिक तरिकाबाट मह उत्पादन गर्न सघाउ पुग्ने कृषकको अपेक्षा भएपनि त्यसो हुन नसकेको कृषकको भनाइ छ ।

झापा । झापाको श्रीसतासी महिला मौरीपालन सहकारी संस्थाले किसानलाई माहुरी पाल्न मात्र सिकाएको छैन उद्यमी पनि बनाइरहेको छ । संस्थाले मौरी पालनको सीप सिकाएर महिलालाई ब्यववसायी र उद्यमी पनि बनाउने गरेको छ ।

संस्थामा आबद्व ४ सय ६८ कृषकमध्ये ३ सय २० जना कृषकले माहुरी पाल्छन् । अन्य सदस्यलाई पनि सहकारीले माहुरीपालन गर्न प्रोत्साहन गरिरहेको छ । संस्थामा सदस्यले २० हजारदेखि १ लाखसम्म सेयर हालेका छन् । संस्थाबाट माहुरी पालनसम्बन्धी ज्ञान लिएर माहुरीपालन गर्छन् । संस्थाको सेयर पूँजी ९२ करोड सेयर रहेको छ । संस्थाले १० जनालाई प्रत्यक्ष रोजगारी समेत दिएको छ । मौसमका बेला अन्यले पनि काम गर्छन् ।

संस्था आफैले र सदस्यको उत्पादन गरी यो सिजनमा ४ करोड बराबरको मह बिक्री गरेको अध्यक्ष धनमाया थापाले बताइन् । संस्थाले वार्षिक ६० टन मह बिक्री गर्छ । संस्थाले संकलन गरेको मह तथा कच्चा पदार्थ युर्टन कम्पनीमार्फत ताप्लेजुङदेखि काठमाडौंसम्म बिक्री गर्ने गरिएको उनले बताइन् । वैदेशिक रोजगारीमा जानेहरुले मह लैजान्छन् । लेभलिङ्ग र प्याकेजिङ गरी विदेशसम्म निर्यात गर्ने योजना संस्थाको छ । तर त्यसतर्फ गृहकार्य सुरु भइनसकेको अध्यक्ष थापाले बताइन् ।

वैदेशिक रोजगारीमा जान चाहने महिला तथा उनका परिवारका पुरुषलाई पनि संस्थाले उद्यमी बनाइ विदेश जानबाट रोकेको छ । ‘विदेश जान खोज्नेलाई तालिम दिएर कृषक तथा सफल उद्यमी बनाएका छौं ।’ संस्थाले ४० लाखमा प्रशोधन मेसिन खरिद गरेको छ । सदस्यको मह काढ्न संस्थाले सघाउँछ । मह संकलन गर्न १ करोडजति खर्च हुने गरेको व्यवस्थापक देवी दाहालले बताइन् ।

संस्थाले मह प्रशोधन, लेभलिङ गरी मह बिक्री गर्छ । कार्तिकदेखि जेठसम्म महको सिजनमा कृषकले महबाट मनग्य आम्दानी गर्छन् । महसँग कुट, चोपलगायत अन्य पदार्थ पनि बिक्री भइरहेको उनले सुनाइन् । संस्थाले २० टन मह स्टक राखी अफ सिजनमा बिक्री गर्ने गरेको छ । सिजनमा ६० टन बिक्री गरी अरु उत्पादन अफ सिजनमा बिक्री गर्नका लागि स्टक राख्ने गरिएको उनले बताइन् ।

किसानले फापर लगाउन छाडेकाले मह उत्पादनमा समेत ह्रास आउन थालेको व्यवस्थापक देवी दाहालले बताइन् । ‘फापर लगाउनुहोस्, हामी किन्छौं भन्दा पनि कृषक लगाउन मान्दैनन्, बरु बाँझै राख्न तयार हुन्छन्’ उनले भनिन् । पछिल्लो समयमा स्थानीय सरकारले जग्गा बाँझो राख्न नदिने व्यवस्था गरेसँगै उत्पादन बढ्ने उनले बताइन् ।

संस्थाका ४७ गोला माहुरी छन् । सदस्यलाई मह उत्पादनका लागि गोला दिइन्छ । कमजोर आर्थिक अवस्था भएकालाई धरौटीमा गोला दिने गरिएकोको उनले सुनाइन् ।  सदस्यले १ हजार ६ सय धरौटी राख्नुपर्छ । चरण राम्रो भएमा २ घारबाट एकै वर्षमा ८ घारसम्म बनाउन सकिन्छ । सुरुमा कृषकले मह उत्पादन भन्दा पनि घार बढाउने गर्छन् । एक घारबाट सिजनमा २० देखि १ सय २० केजीसम्म मह उत्पादन हुन्छ । किसानले एक घारबाट औसतमा ४० केजी मह उत्पादन गर्ने गरेका छन् । तोरी महले रुघा ठिक हुन्छ । फापरले डाइबेटिज सन्तुलनमा ल्याउनुका साथै बिल्डिङ रोक्ने काम गर्ने विज्ञहरु बताउँछन् ।

महको व्यवसायिक उत्पादन र बजारीकरणमा माहुरीपालन केन्द्रीय सहकारी संघको भूमिका गौण छ । संघले सिफारिससम्म गर्न सके पनि अन्य प्रवद्र्वनका काम गर्न नसकेको कृषकको गुनासो छ । संघ सक्रिय भएमा बजारीकरण गर्न र आधुनिक तरिकाबाट मह उत्पादन गर्न सघाउ पुग्ने कृषकको अपेक्षा भएपनि त्यसो हुन नसकेको कृषकको भनाइ छ । झापामा चरणको अभाव छ । दाङ, चितवनसम्म लैजानुपर्छ । जग्गाको समस्या भएकाले चरणको अभाव भएको हो ।

किसानले फापर लगाउन छाडेकाले मह उत्पादनमा समेत ह्रास आउन थालेको व्यवस्थापक देवी दाहालले बताइन् । ‘फापर लगाउनुहोस्, हामी किन्छौं भन्दा पनि कृषक लगाउन मान्दैनन्, बरु बाँझै राख्न तयार हुन्छन्’ उनले भनिन् । पछिल्लो समयमा स्थानीय सरकारले जग्गा बाँझो राख्न नदिने व्यवस्था गरेसँगै उत्पादन बढ्ने उनले बताइन् । ‘परागसेचन हुन्छ भन्ने चेतना छैन,’ उनले भनिन्,‘ माहुरीले पुष्प खान्छन् भन्ने किसानलाई भ्रम छ ।’ विषादी तथा किटनाशक औषधी सम्बन्धी चेतना फैलाउन सके महबाट मनग्य आम्दानी गर्न सकिने उनले बताइन् ।



Leave a comment