सत्य लक्ष्मी कृषि सहकारीद्धारा सदस्य सम्मान

सत्य लक्ष्मी कृषि सहकारीद्धारा सदस्य सम्मान :: Sahakari Akhabar

झापा । भद्रपुर १०मा रहेको सत्य लक्ष्मी कृषि सहकारी संस्थाको सातौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । जिल्ला बचत तथा ऋण सहकारी संघ झापाका अध्यक्ष घनश्याम अधिकारीको प्रमुख आतिथ्यमा सम्पन्न सभामा संस्थाका अध्यक्ष नयाँनाथ पाण्डेले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

कोषाध्यक्ष बाबुराम पाण्डेले संस्थाले २ लाख ४९ हजार ५ सय ४० रुपैया वार्षिक आम्दानी, खुद नाफा २० हजार ३ सय रहेको र ८७ जना शेयर सदस्य रहेको बताए ।

उपाध्यक्ष दीपबहादुर राउतले स्वागत गरेको कार्यक्रमा भद्रपुर १० वडाध्यक्ष टेकबहादुर खड्का काजी, चन्द्रगढी सेवा समाजका अध्यक्ष कमलप्रसाद अधिकारी, साना किशान सहकारी संस्था चन्द्रगढीकी अध्यक्ष देवीमाया अधिकारी लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

सभामा उत्कृष्ट बचत सम्मानबाट तिलकप्रसाद ढुंगेल, उत्कृष्ट ऋण कारोवार सम्मानबाट केदार कोइराला र जेष्ठ सदस्य भक्तबहादुर राईलाई सम्मान गरिएको थियो ।



Leave a comment