बारा । कलैया उपमहानगरपालिकाका प्रमुख राजेशराय यादवले सानाकिसान कृषि सहकारीले मल बीउ, विषादी बिक्रिका गर्न डिलर तथा संस्थाको भवन निर्माणका लागि १५ लाख रुपैंया बजेट दिने घोषणा गरेका छन् । कलैया उपमहानगरपालिका १८ मा रहेको साना किसान कृषि सहकारी संस्था मोतीसरको प्रथम बार्षिक साधारणसभालाई सम्बोधन गर्दै नगरप्रमुख संस्थाको भवन निर्माणकालागि नगरपालिकाले सहयोग गर्ने बताएका हुन् । संस्थाले शनिबार प्रथम बार्षिक साधारणसभा सम्पन्नगरेको हो ।
कार्यक्रममा साविक मोतीसर गाविसका भुतपुर्व अध्यक्ष ध्रुवप्रसाद यादवले संस्थाको कार्यालय स्थापनाका लागि उपयूक्त स्थानमा बढिमा एककठ्ठा जमिन दिने कार्यक्रममा घोषणा गरे । पूर्वजनप्रतिनी यादवले सामाजिक विकासमा महिलाको अगुवाई, स्थानिय रोजगारी सृजनामा सहकारीले खेल्न सक्ने भुमिकामा मद्दत गर्न जग्गा उपलब्ध गराउन चाहेको बताए । कार्यक्रममा साना किसान कृषि सहकारी संघ प्रदेश नं।२ का सचिव एवं कलैया उपमहानगरपालिका २१का वडा अध्यक्ष पुनदेव प्रसाद रौनियारले साना किसान अभियान भरपर्दो स्थानिय संस्था भएको बताए ।
धेरै महिला सदस्यहरुको सहभागिता रहेने साना किसान कार्यक्रम देशभर उत्कृष्ठ अभियानका रुपमा परिचीत रहेको भन्दै स्थानिय सरकारले हातेमालो गर्दै आफ्ना कार्यक्रमा विश्वासका साथ सहकार्य गर्नु पर्ने बताए । सभामा साना किसान कृषि सहकारी संघ लिमिटेड बाराका अध्यक्ष मिश्रिलाल सहनी, लगायतको उपस्थिति रहेको थियो । ४ सय ४६ महिला सदस्य रहेको मोतिसर साना किसानले करिब सवा करोड कारोबारबाट ३ लाख ५६ हजार मुनाफा गरेको जनाएको छ । उक्त मुनाफाबाट आफ्ना सदस्यहरुलाई १० प्रतिशत मुनाफा वितरण गर्ने सभाले निर्णय समेत गरेको छ ।
Leave a comment