महासंघद्धारा एक सय किसानलाई सिचाईका उपकरणहरु हस्तान्तरण

महासंघद्धारा एक सय किसानलाई सिचाईका उपकरणहरु हस्तान्तरण :: Sahakari Akhabar

काठमाडौं । राष्टिय सहकारी महासंघले साना किसान कृषि सहकारी संस्था छिन्चु, सुर्खेतका महिला कृषक समूहहरुलाई तरकारी खेतीका लागि सिचाईका उपकरणहरु बितरण गरेको छ । राष्टिय सहकारी महासंघकी वरिष्ठ उपाध्यक्ष ओमदेवी मल्लले महिला कृषक समूहहरुलाई पानी तान्ने मेशिन तथा पाइपहरु वितरण गरेकी हुन् ।

कोभिड १९ वाट प्रभावित रोजगारी गुमाएका, किसान, युवा तथा महिलाहरुकोला जिल्ला सहकारी संघ सुर्खेतको समन्वयमा साना किसान कृषि सहकारी संस्थाका सदस्यहरुबाट एक सय जना किसानहरुले तरकारी खेती संचालन गरेका छन् । जिआईजेड एलपिइडी परियोजना अन्तर्गत कृषि उद्यम विकास कार्यक्रममा वरिष्ठ उपाध्यक्ष मल्लले सिचाईका उपकरणहरु हस्तान्तरण गरेकी हुन् ।

जिल्ला सहकारी संघ सुर्खेतका अध्यक्ष अमृत वि.सीले निरन्तरता महत्वपूर्ण भएको वताउदै सदस्यहरुको जीवनस्तर सुधारको कामना गरे । महासंघका महाप्रवन्धक चित्राकुमारी थाम्सुहाड र जिल्ला सहकारी संघ सुर्खेतका व्यवस्थापक ढाकाराम न्यौपाने समेतको सहभागितामा संस्थाले संचालन गरेको वेसार प्रशोधन कारखाना, आलु खेती लगायतका क्रियाकलापहरुको अध्ययन गरेको थियो ।

कार्यक्रमबाट संस्थाका छनौट भएका किसानहरुलाई आलुखेतीका लागि वीउ, रासायनिक मल, सिचाईका मेशिन, हजारी, स्प्रे टयांकी, क्रेटहरु, तौल नाप्ने मेशिन उपलव्ध गराएको छ भने तरकारी खेती सम्वन्धी तालिम र जेटिएमार्फत वाली सम्वन्धि परामर्श समेत उपलव्ध गराइएको छ ।



Leave a comment