हाइलाइट

सहकारी महासंघद्धारा बगरमा खेतिकालागि बीउ बितरण

सहकारी महासंघद्धारा बगरमा खेतिकालागि बीउ बितरण :: Sahakari Akhabar

काठमाडौं । राष्ट्रिय सहकारी महासंघद्वारा बगरखेतीकालागि बीउ बितरण कार्यक्रम शुरु गरिएको छ ।  महासंघका अध्यक्ष मीनराज कडेलले पहिलो पटक वाँकेको डुडुवा ४ कम्दीमा १० विगाह वगर जमीनमा एकसय जना घरपरिवारलाई तरकारी तथा फलफूलको बीउ वितरण गरेका छन् ।

विश्वव्यापी रुपमा फैलिएको कोरोना माहामारीवाट प्रभावित सहकारीकर्मीहरुलाई सहयोग गर्ने उद्देश्यले जिल्ला सहकारी संघ वाँके, दांङ, सुर्खेत, र कैलालीकोे समन्वयमा छानीएका साझेदार संस्थाहरु मार्फत राष्ट्रिय सहकारी महासंघले जिआईजेडसँगको सहकार्यमा बगरखेती कार्यक्रमको प्रवद्र्धन गरेको हो ।

कोरोना प्रभावित तथा गरिव, किसान, युवा, मजदुर, र रोजगारी गुमाएकाहरुलाई स्थानिय सहकारीमा आवद्ध गराई स्थानियस्तरमै कृषि पेशामा जोडी रोजगारी सृजना गर्दै उनीहरुको जिविकोपार्जनमा सहयोग पुयाउने उद्देश्यले कार्यक्रम संचालन गरिएको महासंघका अध्यक्ष मिनराज कंडेलले बताए ।

अध्यक्ष कडेलले वाँझो जमीनमा कृषि उत्पादन गरी रोजगारी श्रृजना गर्न महासंघले सहयोगी संघ संस्थाहरुको सहकार्यमा उक्त कार्यक्रम सञ्चालनमा ल्याएको जानकारी गराए । महासंघका नायवमहाप्रवन्धक वावुल खनालले कार्यक्रमका वारे जानकारी गराए । बाँकेमा पहिलो साझेदार जयपृथ्वी कृषि सहकारी संस्थाका अध्यक्ष लोकेन चन्दको अध्यक्षतामा सञ्चालित कार्यक्रमको सञ्चालन जिल्ला सहकारी संघ वाँकेका प्रवन्ध सञ्चालक नवराज उपाध्ययायले गरेका थिए ।



Leave a comment