दुई सहकारीको पहिलो उत्पादन ‘चामल’ बजारमा

दुई सहकारीको पहिलो उत्पादन ‘चामल’ बजारमा :: Sahakari Akhabar

भक्तपुर । पहिलो पटक दुई सहकारीबीच कारोबार सम्झौतामा भएर उत्पादन बजारमा आएको छ । झापाको पहिलो पाइला बहुउद्देश्यीय सहकारी संस्था र टेवा कृषि सहकारी संस्था भक्तपुरको सहकार्यमा सहकारी उत्पादन बजारमा आएको हो ।

सहकारी संस्थाको पहलमा चामल प्याकेजिङ गरी वजार सम्म पुर्याउने कामको थालनी भएको हो । यसरी सुरुवात गरिएको अन्तरसहकारी कारोवारबाट कृषकको धान नबिक्ने र बिचौलियाबाट ठगिने समस्या समाधान हुने संस्थाले अपेक्षा लिएका छन् । विगततमा किसानले उत्पादन गरेको धानले मूल्य मात्र नपाएको होइन बजार ब्यवस्थापनमा समेत समस्या देखिएको थियो । यसरी अन्तरसहकारी कारोवार सुरु भए सँगै कृषकले धानको मूल्य मात्र हैन सहकारीले लिने मुनाफाको केही हिस्सा समेत कृषकले पाउने भएका छन ।

साना किसानहरुबाट उत्पादित धान कृषकहरुको खेतबाटै उठाएर प्रसोधन गरी वजार ब्यवस्थापन गर्ने र विचौलियाको मनोमानिको अन्त्य हुने टेवा कृषि सहकारी संस्था भक्तपुरका लेखा समितिका संयोजक गंगाप्रसाद ख्याजुले बताए । उनले स्थानीय खाद्य तथा तरकारी वजारसँग समन्वय गरेर राजधानी भित्रको वजार व्यवस्थापन गरिने पनि बताए । पहिलो पाइला सहकारी सकारीले विचौलियाको अन्त्य गर्न भक्तपुरको टेवा कृषि सहकारी मात्र हैन मोरङको उर्लावारी नगरपालिकामा रहेको फक्ताङ्लुङ कृषि सहकारी पनि सहकार्यमा रहेको पहिलो पाइला सहकारी भद्रपुरका खाद्यान्न ब्यवस्थापन उपसमितीका संयोजक पुष्प पोख्रेले जानकारी दिए ।

टेवा कृषि सहकारीले विगतमा गाई पालन, वाख्रा पालनका क्षेत्रमा रहेर काम गर्दै आएको छ भने पहिलो पाइला बहुउद्देश्यीय सहकारीले सामुहिक खेतीको सुरुवात गरेको छ । टेवा कृषि सहकारीले नुवाकोटमा ४० रोपनि जग्गा लियर विभिन्न ब्यवसायिक खेतिको सुरुवात गरेको सदस्य तथा कृषि ब्यवस्थापन समितीकी संयोजक हरिलक्ष्मी श्रेष्ठले जानकारी दिइन ।

दुई संस्थाको पहिलो चरणमा चामल व्राण्डका विभिन्न तौलका चामलहरु नमुना कारोवारको रुपमा अगाडि ल्याइएको पहिलो पाईला बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष सनिपकुमार भुजेलले जानकारी दिए । उनले भने यसै अन्तर सहकारी कारोबारवाट कृषको जिवनस्तर माथि उठाउन सकिने प्रसस्तै संभावनाहरु छन् ।

सहकारीहरुले एक अर्कामा सहकार्य गरेर उत्पादक देखि उपभोक्ता विचको असमानतालाई चिर्दै अगाडि वढ्ने कुरामा राज्यले समेत सकारात्मक भुमिका खेल्नु पर्छ । सहकारी सहकारी विचको सहकार्य र मुनाफा वाँडफाँडको प्रकृया पारदर्शी वनाउँदै लान सके राज्यको संमृद्धिको सपना सहकारी मार्फत पुरा हुन्छ ।



Leave a comment