हिलटप सहकारीले सिन्धुलीको ‘ए’ ग्रेडको जुनार काठमाडौंको घरघरमा पुर्याउने

हिलटप सहकारीले सिन्धुलीको ‘ए’ ग्रेडको जुनार काठमाडौंको घरघरमा पुर्याउने :: Sahakari Akhabar

काठमाडौँ । तीनकुनेस्थित हिलटप बहुउद्देश्यिय सहकारी संस्थाले सिन्धुलीको जुनार काठमाडौंमा घरघर पुर्याउने भएको छ । संस्थाले महाभारत क्षेत्रमा उत्पादित ‘ए’ ग्रेडको रसिलो जुनार बिक्रीका लागि काठमाडौँ ल्याएको हो ।

हिलटपको केन्द्रीय कार्यालयमा रहेको सहकारी पसलबाट पनि जुनार बिक्री गर्ने छ । सहकारीका अध्यक्ष बासुदेव घिमिरेका अनुसार अनलाइनमार्फत अर्डर लिएर जुनार घरघर पुर्याइने छ । घरमै जुनार मगाउन न्यूनतम १० किलो अर्डर गर्नु पर्ने घिमिरेले बताए ।

न्युनतम १० किलो अर्डर गरे संस्थाले निशुल्क ढुवानीको व्यवस्था मिलाउने छ । सहकारीले प्रतिकेजी एक सय रुपियाँमै जुनार घरघरमा पुर्याउने छ । सहकारीले पसलबाट सातामा सोमबार, बुधबार र शुक्रबार प्राङ्गारिक तरकारीसमेत उपलब्ध गराउने अध्यक्ष घिमिरेले जानकारी दिए ।



Leave a comment