लामोसाँघु साकोस र साना किसान साझेदारीमा ५० लाखसम्म उद्यमी कर्जा

लामोसाँघु साकोस र साना किसान साझेदारीमा ५० लाखसम्म उद्यमी कर्जा :: Sahakari Akhabar

सिन्धुपाल्चोक । लामोसाँघु बचत तथा ऋण सहकारी संस्था र साना किसान बिकास लघुबित्त बित्तिय संस्थाबीच साझेदारीमा ५० लाख सम्म उद्यमी कर्जा प्रवाह गर्ने सम्झौता भएको छ । उक्त कर्जा केही समयबाट नै शुरु गरिने लामोसाँघु साकोसका अध्यक्ष रामकुमार श्रेष्ठले जानकारी दिए ।

आइतबार लामोसाँघु बचत तथा ऋण सहकारी संस्थाले आयोजना गरेको अभिमुखी कार्यक्रममा साना किसान बिकास लघुबित्त बित्तिय संस्था ईलाका कार्यालय बनेपाले दुई संस्थाबीच साझेदारीको सहकार्यबारे जानकारी गराइएको थियो । सहकारीले तरकारी खेती, कृषि तथा पशुपालनमा कर्जा प्रवाह गरि सदस्यको जीवनस्तर उकास्ने कार्यक्रम गरिरहेको अध्यक्ष श्रेष्ठले बताए । साथै ब्यवसायिक योजना निमार्ण गरिरहेको र त्यस योजना अनुरुप सहकारीले कर्जा प्रवाह गर्ने ब्यवस्थापक रबिन बिकले बताए ।

केही समयपछि स्वालम्बन कर्जा, मासु तथा दुधजन्य कर्जा, तरकारी खेती कर्जा प्रवाह गर्दे सदस्यलाई उत्पादनमूलक कार्यमा जोडने ब्यबस्थापक बिकको भनाइ छ । बिगत बर्ष देखि नै सहकारीले कृषकलाई सहुलियतपूर्ण रुपमा रासायनिक मल, बिउविजन लगायत सेवा दिदै आईरहेको जनाइएको छ ।



Leave a comment