काठमाडौं । न्यूनतम् समर्थन मूल्यमा धान खरिद गर्नकालागि सहकारी संस्था सूचिकृत गर्न प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोना झापाले सूचना जारी गरेको छ ।
झापा जिल्ला भित्र उत्पादन हुने धान न्यूनतम समर्थन मूल्यमा खरिद र ब्यवस्थापन कार्यक्रम गर्ने इच्छुक सहकारी संस्थाहरुले कात्तिक २६ गते भित्र सूचिकृत हुन भनिएको छ ।
इच्छुक संस्थाहरुले सूचिकृत हुन धान खरिदकोलागि आवश्यक रकमको ब्यवस्था र श्रोत खुलाउनु पर्ने, ढुवानी, भण्डारण, प्रशोधन एवं बजार ब्यवस्थापन सम्वन्धि बिबरण र त्यसकोलागि आवश्यक साधन, उपकरण तथा जनशक्ती ब्यवस्थापन सम्वन्धि बिवरण, खरिद गर्न चाहेको परिणाम र किसिमलगायतका बिवरण उल्लेख गरी संस्था सूचिकृत गर्न सकिने जनाएको छ । सरकारले आर्थिक वर्ष २०७७/७८ का लागि मोटा धानको प्रतिक्विन्टल रु दुईहजार ७ सय ३५ रुपैंया र मध्यम धानको प्रतिक्विन्टल रु दुई हजार ८ सय ८५ रुपैंया न्यूनतम समर्थन तोकेको थियो ।
Leave a comment