हाइलाइट

सरकारले तोकेको भन्दा बढी मूल्य तिरेर सहकारीले धान खरिद गरे

सरकारले तोकेको भन्दा बढी मूल्य तिरेर सहकारीले धान खरिद गरे :: Sahakari Akhabar

टीकापुर । कैलालीका बीउउत्पादक कृषि सहकारीले सरकारले तोकेको समर्थन मूल्यमा १५ देखि २० प्रतिशत रकम थप गरी किसानबाट धानखरिद गरिरहेका छन् । धानले सरकारले निर्धारण गरेको न्यूनतम समर्थन मूल्य नपाइरहेको गुनासो आइरहेका बेला कैलालीका किसानले भने बढी मूल्यपाएर खुशी भएका छन् ।

सरकारले आर्थिक वर्ष २०७७/७८ कालागिमोटा धानको प्रतिक्विन्टल रु दुईहजार ७ सय ३५ रुपैंया र मध्यम धानको प्रतिक्विन्टल रु दुई हजार ८ सय ८५ रुपैंया न्यूनतम समर्थन तोकेको थियो । कैलालीका केही कृषि सहकारीले किसानको बीउधान सरकारले तोकेको समर्थन मूल्यमा १५ देखि २० प्रतिशतथप गरी खरिद गरिरहेका हुन् ।

कृषि सहकारीले किसानलाई बीउउत्पादनकालागिमूल र प्रमाणीकरणको बीउउपलब्ध गराएर प्रथम पुस्ताको उन्नतबीउउत्पादनगर्ने गरेका छन् । यसरी किसानले गुणस्तरीय बीउ उत्पादनकालागि गर्नुपर्ने बालीनिरीक्षण, सुपरीवेक्षण, विधि र पद्दतिको प्रयोगबाट उत्पादनभएको बीउलाई सहकारीले महङ्गोमाखरिद गरिरहेको नमूना बहुउद्देश्यीय सहकारी संस्था टीकापुरका अध्यक्ष जीतबहादुर चौधरीले बताए ।

उनले भने “किसानको उत्पादनले उचित मूल्य पाउनुपर्छ भन्ने हाम्रो उद्देश्य हो । हामीले नै बीउ उपलब्ध गराएर किसानलाई बीउ उत्पादनमा प्रोत्साहन गरेका थियौँ”, त्यही बीउ सरकारले तोकेको भन्दा केही महङ्गोमा खरिद गरेका हौँ । तोकेको भन्दा बढी मूल्य पाएपछि किसान खुशी छन् ।” कैलालीको टीकापुर नगरपालिका र जानकी गाउँपालिकामा १२ वटा बीउ उत्पादक कृषि सहकारी र कम्पनी छन् ।

यी सहकारी र कम्पनीले एक हजारभन्दा बढी हेक्टर क्षेत्रफलमा धानको बीउ वृद्धि खेती गरी धानको बीउ उत्पादन गर्दै आएका छन् । सरकारले निर्धारण गरेको समर्थन मूल्यमा प्रतिक्विन्टल ३०० थप गरी किसानबाट खरिद गरिरहेको बीजवृद्धि कृषि सहकारी संस्था जानकी गाउँपालिका मुनुवाका प्रबन्धक गोविन्द रावतले जानकारी दिए ।



Leave a comment