दुईवटा चिया उत्पादक सहकारीलाई ट्रेडमार्क प्रयोग गर्न इजाजत

दुईवटा चिया उत्पादक सहकारीलाई ट्रेडमार्क प्रयोग गर्न इजाजत :: Sahakari Akhabar

काठमाडौं । नेपाली अर्थोडक्स चिया सर्टिफिकेसन ट्रेडमार्क कार्यान्वयन निर्देशिका, २०७४ ले तय गरेका मापदण्ड र आचार संहिता पालना गरेका २ वटा चिया सहकारीलाई ट्रेडमार्क प्रयोग गर्न इजाजत पाएका छन् ।

चिया सहकारी सहित १२ वटा चिया उद्योगलाई ट्रेडमार्क प्रयोग गर्न इजाजत दिएको हो । श्री उच्च पहाडी चिया उत्पादक सहकारी संस्था, इलाम र श्री सिंहदेवि चिया उत्पादक सहकारी संस्था, तेह्थुमले ट्रेडमार्क प्रयोग गर्न इजाजत पाएका हुन् । कृषि तथा पशुपन्छी विकास मन्त्री घनश्याम भुसालले आजबाट उक्त उद्योगहरूको अर्थोडक्स चियाको ट्रेडमार्क औपचारिक रुपमा कार्यान्वयनमा ल्याएका हन् ।

ट्रेडमार्क प्रयोगका लागि ४२ वटा चिया उद्योगहरूले निवेदन पेश गरेका थिए । यो सँगै विगत एक दशकभन्दा लामो अवधि देखि छलफलमा रहेको नेपाली चियाको ट्रेडमार्क कार्यान्वयनमा आएको छ । पहिलो चरणमा ट्रेडमार्क प्रयोगका लागि प्रक्रिया पुरा गरी ट्रेडमार्क प्रयोग गर्न इजाजत प्राप्त दिएको हो । नेपालमा चिया उत्पादन थालिएको १५७ वर्ष भएको छ । नेपालमा वि.सं.१९२० मा इलामका तत्कालिन राणा प्रधानमन्त्री जङ्गबहादुरका ज्वाइँ गजराज सिंह थापाले इलाममा चिया रोपण थिए ।

बोर्डले गतवर्ष नै यस ट्रेडमार्क प्रयोगका लागि इच्छुक चिया उद्योगहरुलाई निवेदन दिन सार्वजानिक सूचना आह्वान गरेको थियो । बोर्डले दिएको जानकारी अनुसार कुल ४२ वटा चिया उद्योगहरूले निवेदन दिएका थिए । तर निवेदन दिने सबैले ट्रेडमार्क पाउँछन् भन्ने छैन ।

निर्देशिकाले तय गरेका मापदण्डहरू पालना गरि चिया उत्पादन भएको र नभएको बारे बोर्डले स्थलगत अनुगमन गरी प्रतिवेदन बनाएको हो । नेपाली चियाको ट्रेडमार्क कार्यान्वयनमा आएसँगै अब चियाको बजारीकरणमा समस्या नआउने बोर्डले जानकारी दिएको छ । अब चीन, अमेरिका र युरोपेली बजारमा पनि विक्री गर्न आक्रामक ब्राण्डिङ र मार्केटिङ योजना सरकारले बनाएको छ ।



Leave a comment