काठमाडौं । बागमती प्रदेश सरकारले अबलम्बन गर्नलागेको कृषि भेटनरी तथा पशु सेवाका निकाय तथा कार्यालयहरुलाई एकिकृत गर्ने नीतिप्रति सहकारीका दुईवटा केन्द्रीय संघले आपत्ती जनाएका छन् । प्रदेश सरकारको उक्त एकद्धार प्रणालीबाट सेवा दिने नीति प्रति केन्द्रीय दुग्ध सहकारी संघ र केन्द्रीय पशुपंक्षी पालन सहकारी संघले आपत्ती जनाएका हुन् ।
उक्त नीतिप्रति असर्मथन जनाउँदै दुवै संघहरुले प्रेस विज्ञप्ती जारी गरेका छन् । जारी विज्ञप्तीमा बागमती प्रदेश सरकारबाट निर्णय हुनगइरहेको कृषि, भेटनरी तथा पशु सेवाका सम्पूर्ण निकाय एवं कार्यालयहरुलाई एकिकृत गरी एकद्धार प्रणलीबाट सेवा दिने उद्धेश्यकासाथ अगाडी बढेको हुँदा केन्द्रीय सघको ध्यानाकर्षण भएको जनाइएको छ ।
त्यसैगरी विज्ञप्तीमा कृषि तथा पशु सेवा अन्तर्गतका कार्यहरु हेराईको दृष्टिले उस्तै लागेपनि फरक विषय भएको र कृषिलाई पशुपालन र पशुपालनलाई कृषि नभइ नहुने विषय रहेको भन्दै दुवै अलग अलग रुपमानै सेवा दिने ब्यवस्था गर्नु पर्ने भनिएको छ । कृषि र भेटनरी छुट्टा छुट्टै कार्यालय ब्यवस्था गरी अझ फराकिलो गर्नु पर्ने अवस्थामा एकद्धार प्रणालीले खुम्च्याउनाले पराणमूखी नहुने भन्दै विज्ञप्ती जारी गरिएको छ ।
बिदेशीयका युवाहरुलाई फर्काई उनीहरुलाई पशुपालन र कृषिमा आत्मनिर्भर बनाउन, आयातलाई निरुत्साहीत गरी निर्यातलाई प्रतिस्थापन गर्न त्यस्ता कार्यालयहरुको संख्या बढाउनु पर्ने अवस्थामा खुम्च्याउँदै जाँदा राज्यको लक्ष्यपनि पुरा नहुने विज्ञप्तीमा भनिएको छ । नेपाल सरकारको कृषि, अण्डा, दूध र मासुमा आत्मनिर्भर बनाउने लक्ष्य साकार बनाउन कृषि र भेटनरीलाई छुट्टा छुट्टै बनाई गाउँका कृषकलाई धेरै भन्दा धेरै सुबिधा उपलब्ध गराउन र कृषि र भेटनरीलाई एकिकृत गर्ने कार्य तत्काल अगाडी नबढाउन माग गर्दै संघले छुट्टा छुट्टै विज्ञप्ती जारी गरेका छन् ।
Leave a comment