हाइलाइट

किसान साकोसको ३१औं वार्षिक साधारणसभा अन्तर्गत इकाइगत सभाहरु सम्पन्न

किसान साकोसको ३१औं वार्षिक साधारणसभा अन्तर्गत इकाइगत सभाहरु सम्पन्न :: Sahakari Akhabar

काठमाडौं । गैंडाकोट नवलपरासीको किसान बचत तथा ऋण सहकारी संस्थाको ३१औं वार्षिक साधारणसभा अन्तर्गत इकाइगत सभाहरु सम्पन्न गरेको छ । संस्थाले असोज १७ गते शनिबार र १८ गते आइतबार गरी दुईवटा इकाइ सभाहरु सदस्यहरुको सक्रिय सहभागितामा साथ सम्पन्न गरेको हो । संस्थाले थारु राष्ट्रिय सङ्ग्रहालय तथा अनुसन्धान केन्द्र, कावासोती (डण्डा तथा नारायणी रिसोर्ट) गैँडाकोटमा सम्पन्न गरेको हो ।

पहिलो दिनको इकाइ सभामा पञ्चदृष्टि, देवज्योति, कावासोती, विष्णुनगर, पिठौली, संवृद्धि, कुनाको, पञ्चवटी, भविष्यनिर्माण र अरुणखोला, दुम्किबास, सर्दी सेवाकेन्द्र अन्तर्गतका सदस्यहरु तथा दोस्रो इकाइ सभामा सौहार्द, समृद्धि भरतपुर, सप्तगण्डकी, सप्तरङ्गी, नारायणगढ, हिमचुली, सहज, विजयनगर, मुकुन्दपुर, हर्कपुर, अमरापुरी र जनमुखी सेवाकेन्द्र अन्तर्गतका सदस्यहरुको सक्रिय सहभागिता रहेको जनाइएको छ । संस्थाले निर्णय प्रमाणीकरण सभा भने बाँकी रहेको र असोज २४ गते हुने जनाएको छ।

सदस्यहरुका अतिरिक्त दुबै सभामा तयारी र व्यवस्थापनमा इकाई व्यवस्थापन उपसमिति, तयारी व्यवस्थापन कार्यदल, साधारणसभा तयारी उपसमिति, लगायत विभिन्न उपसमितिहरु, सल्लाहकारहरु, सञ्चालक समिति, लेखा सुपरिवेक्षण समितिलगायतको सहभागिता रहेको थियो । सभाको शुभारम्भ जेष्ठ सदस्य बुवा, आमाहरुबाट गरिएको थियो भने कार्यक्रममा कर्मचारी एवं बाल बचतकर्ताहरुले आफ्नो कला र सिर्जना प्रस्तुत गरेका थिए ।



Leave a comment