काठमाडौं । पाँचखाल ४ काभ्रेपलाञ्चोकमा मुख्य कार्यालय रहेको आर्थिक विकास मित्र बचत तथा ऋण सहकारी संस्थाले बाढी पीडितको राहत र उद्धारको लागि आर्थिक सहयोग गरेको छ । सरकारले राहत र उद्धारका लागि जारीगरेको सहयोगको अपिल समेतलाई आत्मसाथ गर्दै संस्थाले सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति, कर्मचारी र सस्थाको संयुक्त योगदानबाट १ लाख ११ हजार १ सय ११ रुपैयाँ प्रधानमन्त्री दैवी उद्धार कोषमा सहयोग गरेको छ ।
यस्तो विषम परिस्थितिमा पीडितहरुको उद्धार, राहत र पुनः स्थापना कार्यमा सहयोग पुर्याउनु हरेक नेपाली नागरिक एवं संघ सस्थाहरुको कर्तव्य रहेको अध्यक्ष बाबुकाजी पराजुलीको भनाइ छ । ‘भाद्र १० गते बिहान भोटेकोशी नदिमा आएको विनाशकारी बाढीका कारण देशका विभिन्न जिल्लाहरुमा ठूलो मात्रामा जनधनको क्षति भएकोमा सम्पूर्ण देशनै शोकाकुल भएको अवस्था छ।
विपत्तिमा परी घाईते हुनुभएका सम्पूर्ण नागरिकहरुको शिघ्र स्वास्थ्य लाभको कामना साथै विस्थापित परिवारहरुकालागि राहत तथा आवासका लागि सम्बन्धित निकायसंग अनुराध गर्दछौ ।’ संस्थाद्धारा जारी विज्ञप्तिमा उल्लेख छ । संस्थाले गरेको सानो योगदानले पनि पीडित परिवारमा मलहम पट्टि लगाउन सहयोग पुग्ने विश्वास संस्थाले लिएको छ ।
यो दुःखद क्षणमा सम्पूर्ण नेपाली दाजुभाई दिदि बहिनीहरुमा एकता प्रदर्शन गरि हातेमालो गर्दै ‘एकका लागि सबै सबैका लागि एक’ भन्ने सहकारी सिद्धान्त अनुसारको भाव प्रकट गर्दै थोरै थोरै सहयोगले पनि ठूलो काम गर्नसक्ने भएकाले सहयोगको महान अभियानमा साथ दिन संस्थाले आग्रह गरेको छ । साथै बाढीमा परी दिवङ्गत हुनुभएका सम्पूर्णप्रति भावपूर्ण श्रद्धाञ्जली प्रकट गर्दै बेपत्ताहरुको सकुशल उद्धार र घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको पुनः कामना गरेको छ ।
Leave a comment