हाइलाइट

ज्योति मिर्मिरे सामुहिक साकोसद्धारा कोषमा १,०१,१११ रुपैयाँ सहयोग

ज्योति मिर्मिरे सामुहिक साकोसद्धारा कोषमा १,०१,१११ रुपैयाँ सहयोग :: Sahakari Akhabar

काठमाडौं । काभ्रेको पनौतीमा मुख्य कार्यालय रहेको ज्योति मिर्मिरे सामुहिक बचत तथा ऋण सहकारी संस्थाले रसुवा भोटेकोशी बाढी प्रभावित क्षेत्रका लागि कोषमा सहयोग गरेको छ । बाढिबाट रसुवा, नुवाकोट र धादिङमा भएको जनधनको क्षतिबाट मर्माहत भएको क्षेत्रकालागि संस्थाले राहत तथा पुनःस्थापनामा सहयोग गरेको हो ।

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ लाख १ हजार १ सय ११ रुपैयाँ सहयोग गरेको जनाएको छ । सहकारी संस्थाको सामाजिक उत्तरदायित्व अन्तर्गत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्दा उद्धार, तथा पुनःस्थापनामा थोरै भएपनि सहयोग पुग्ने जनाएको छ।

विपत्तिमा परेका नागरिकको पीडा सबैको साझा दुःख भएकाले कठिन समयमा एकअर्कालाई सहयोग गर्नु मानवताको महत्वपूर्ण दायित्व भएको संस्थाका प्रमुख कार्यकारी अधिकृत गोपाल दाहालको भनाइ छ । संस्थाले बाढीबाट ज्यान गुमाउने सबैप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गरेको छ ।

साथै, बेपत्ता भएकाहरूको शीघ्र खोजी तथा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ । यसैगरी, संस्थाले यस दुःखद् र कठिन घडीमा आफ्नो क्षमता र सामथ्र्यअनुसार राहत कोषमा सहयोग गर्न सबैमा हार्दिक अनुरोध समेत गरेको छ ।



Leave a comment