काठमाडौं । राष्ट्रिय सहकारी महासंघको २२८औँ बोर्ड बैठकले महाप्रवन्धकमा डा.बाबुकाजी थापालाई नियुक्त गर्ने निर्णय गरेको छ । डा. थापालाई चार वर्षे कार्यकालका लागि महाप्रबन्धकमा नियुक्त गर्ने निर्णय महासंघको आजको बोर्ड बैठकले गरेको हो । महासंघका कार्यवाहक अध्यक्ष रमेश पोखरेलले आज शनिवार महासंघको भर्चुअल बैठकबाट थापालाई चार बर्षका लागि करारमा नियुक्त गरेको बताए ।
थापाले चैत्र १ गतेदेखि कार्यभार सम्हाल्ने जनाइएको छ । थापाले सार्वजनिक प्रशासन र समाजशास्त्रमा स्नातकोत्तर गरेका छन् भने कृषि विकास बैंकमा २५ वर्ष सेवा गर्दै उप–महाप्रबन्धक पदबाट सन् २०२५ मा अवकाश लिएका हुन् । वित्त तथा विकाससम्बन्धी विभिन्न संस्थामा समेत नेतृत्व तथा परामर्शदाताको अनुभव थापासँग रहेको छ ।
Leave a comment