हाइलाइट

दोहोरो पद कार्यान्वयन गर्न कोशी प्रदेश सहकारी रजिष्ट्रारको निर्देशन

दोहोरो पद कार्यान्वयन गर्न कोशी प्रदेश सहकारी रजिष्ट्रारको निर्देशन :: Sahakari Akhabar

काठमाडौं । कोशी प्रदेश सहकारी रजिष्ट्रार तथा प्रशिक्षण कार्यालयले दोहोरो पद कार्यान्वयनका लागि निर्देशन जारी गरेको छ । कार्यालयले पुष ४ गते निर्देशन जारी गर्दै सहकारी ऐनमा भएको ब्यवस्था कार्यान्वयन गर्न सभनेको हो । निर्देशनमा सहकारी संघसंस्थामा सञ्चालक समिति तथा लेखा सुपरीवेक्षण समितिमा रहन नसक्ने जनाएको छ।

कार्यालयले विभिन्न माध्यमबाट सहकारी संघसंस्थाहरूको सञ्चालक समिति तथा लेखा सुपरीवेक्षण समितिमा जनप्रतिनिधि, शिक्षक तथा कर्मचारी बहाल रहेको र निर्वाचित भएको भन्ने गुनासो र उजुरी आएको जनाएकोे छ ।

सहकारी नियमावली २०७५ को नियम ८१ (१) मा “सहकारी संस्थाको दर्ता तथा नियमन सम्बन्धी कार्यमा प्रत्यक्षरूपमा संलग्न निर्वाचित वा मनोनयन हुने सार्वजनिक पदमा बहाल रहेको पदाधिकारी वा नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहको कार्यालय वा निकायमा कार्यरत कर्मचारी सहकारी संस्थाको समिति वा लेखा सुपरीवेक्षण समितमा निर्वाचित वा मनोनित हुन सक्ने छैन” भन्ने व्यवस्था रहेकोले सोही अनुसार कार्यान्वयन गर्न सूचना जारी गरिएको जनाइएको छ ।



Leave a comment