काठमाडौं । महोत्तरी जिल्लाको औरही नगरपालिका ७ मा रहेको विषहारामाइ बचत तथा ऋण सहकारी संस्थाले राष्ट्रिय सहकारी नियमन प्राधिकरणबाट संचालन इजाजतपत्र प्राप्त गरको छ । बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाको दर्ता अभिलेखीकरण मापदण्ड २०८२ को दफा ४ बमोजिम उक्त संस्थाले ‘सहकारी संस्था सञ्चालन इजाजतपत्र’ प्राप्त गरेको हो ।
बचत तथा ऋणको मुख्य कारोबार गर्नकालागि संस्थाले इजाजतपत्र नं २०७१–०२२२४ प्राप्त गरेको छ । औरही नगरपालिकाको १ देखि ९ वडासम्म कार्यक्षेत्र रहेको संस्थाले यही पुष २३ गते इजाजतपत्र प्राप्त गरेको हो ।
Leave a comment