विराटनगर । जिल्ला सहकारी संघ मोरङको अध्यक्षमा राकेश दाहाल निर्विरोध निर्वाचित भएका छन् । दाहाल यस अघि संघको सचिव पदमा रहेका थिए । संघको बुधबार सम्पन्न ३३ औं बार्षिक साधारण सभाबाट १७ कार्यसमिति निर्विरोध निर्वाचित भएको हो । जसमा उपाध्यक्षमा चन्द्रप्रसाद भट्टराई, महिला उपाध्यक्षमा संगिता दाहाल, सचिवमा अमृत गुरुङ, सह–सचिवमा हेरम्बराज भट्टराई र कोषाध्यक्षमा ई.कमलेश्वर ठाकुर निर्विरोध निर्वाचित भएका छन् ।
त्यस्तै संघको सञ्चालक सदस्यमा बिजय कुमार सरदार, लक्ष्मण बुढाथोकी, अविनाश कुमार निधि, कोपिला आचार्य रिमाल, कुमार फूयल, उदय नारायण बराल, सूर्यकुमार दाहाल, हेमराज सुवेदी, उमेश गुरुङ, हिमा मैनाली र गोविन्द निरौंला निर्विरोध निर्वाचित भएका छन् । त्यसैगरी लेखा समिति संयोजकमा दुर्गा प्रसाद गौतमा निर्विरोध निर्वाचित भएका छन् भने सदस्य आशिष कुमार यादव र आशा कुमारी माझी थारु पनि निर्विरोध निर्वाचित भएका छन् ।
Leave a comment