काठमाडौं । कोअपरेटिभ म्यानेजर्स क्लब पर्साको अध्यक्षमा चन्देश्वरप्रसाद चौरसियाको अध्यक्षतामा नयाँ संचालक समिति चयन भएको छ। क्लबको कात्तिक २९ गते सम्पन्न ७ औं बार्षिक साधारण सभाले नयाँ संचालक समिति चयन गरेको हो ।
चौरसिया पर्साको श्रीनिधी बचत तथा ऋण सहकारी संस्थाका प्रमुख कार्यकारी अधिकृत हुन् । समितिको उपाध्यक्षमा रामबाबु चौधरी, महासचिवमा प्रदिपकुमार लोहार, सचिवमा दिपेन्द्र श्रेष्ठ र कोषाध्यक्षमा किरण ठाकुर चयन भएका छन् । त्यसैगरी समितिको संचालक सदस्यहरुमा दिपिका श्रेष्ठ, धर्मेन्द्रकुमार जैसवाल र चन्द्रशेखर प्रसाद साह चयन भएका छन ।
त्यसैगरी क्लबका निवर्तमान अध्यक्ष रविभुषण श्रीवास्तव पदेन संचालकमा रहेका छन् भने सभाले धर्मेन्द्रकुमार जैसवाललाई तालिम तथा शिक्षा उपसमितिको संयोजक र इन्दु रञ्तिकार तथा उमेश साह तुरहालाई सदस्यमा चयन गरेको छ ।
Leave a comment