हाइलाइट

बाबियाखर्क साकोसको निर्वाचन सहितको २९ औ वार्षिक साधारणसभा सम्पन्न

बाबियाखर्क साकोसको निर्वाचन सहितको २९ औ वार्षिक साधारणसभा सम्पन्न :: Sahakari Akhabar

काठमाडौं । शान्तिनगरमा मुख्य कार्यालय रहेको बाबियाखर्क बचत तथा ऋण सहकारी संस्थाको निर्वाचन सहितको २९औ वार्षिक साधारणसभा सम्पन्न भएको छ । कात्तिक २९ गते शनिबार संस्थाका अध्यक्ष ऋषिराज घिमिरेको अध्यक्षता तथा संस्थाका ज्येष्ठ सदस्य कुम्भकुमारी घिमिरेको प्रमुख आतिथ्यतामा सम्पन्न सभाले नयाँ संचालक समिति समेत चयन गरेको छ।

सभाले ताराप्रसाद घिमिरेको अध्यक्षतामा कृष्णमुरारी घिमिरे उपाध्यक्ष, हरिप्रसाद घिमिरे सचिव र तारादेबी थपलिया (भेटवाल) कोषाध्यक्ष चयन गरेको छ । त्यसैगरी संचालक समिति सदस्यहरुमा श्रीभा नेपाल (न्यौपाने), नारायणप्रसाद घिमिरे, कल्पना खनाल, विकास घिमिरे र दीपक आचार्यलाई चयन गरेको छ ।

त्यसैगरी सभाले लेखा सुपरिवेक्षण समितिको संयोजकमा तीर्थराज घिमिरे र सदस्यहरुमा चेतनाथ घिमिरे तथा दीपिका पोखरेल (काफ्ले) लाई चयन गरेको छ । सभामा संस्थाका सचिव हरिप्रसाद घिमिरेले संचालक समितिको प्रतिवेदन, कोषाध्यक्ष तीर्थराज घिमिरेले आर्थिक प्रतिवेदन, संस्थाका लेखा सुपरिवेक्षण समिति सदस्य दीपिका पोखरेल (काफ्ले) ले लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए ।

वार्षिक साधारण सभामा  विभिन्न बिधाहरुमा योगदान गर्ने सदस्यहरुलाई सम्मान गरिएको थियो । संस्थाले संचालनमा ल्याएको आरोग्य बचत योजनामा सहभागी सदस्य हस्पिटल भर्ना भई उपचार गर्नु भएका  २ जनालाई  औषधि उपचार खर्च  प्रदान गरिएको थियो ।

जोरपाटीमा एउटा सदस्य सेवाकेन्द्र समेत रहेको संस्थाले २०८२ असार मसान्तसम्म  २ हजार ८८४ जना  सदस्यहरुलाई वित्तीय सेवा उपलब्ध गराउँदै ४४ करोड ११ लाख ८२ हजार ६ सय ९ रुपैंया पूँजी बनाउन सफल भएको सभामा जानकारी गराइयो ।



Leave a comment