काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिकाले पालिकामा रहेका १३ वटा संस्थाले मात्र बार्षिक कार्ययोजना बुझाएका छन् । कार्यालयले सूचना जारी गरी पालिकामा रहेका सवै सहकारीलाई बार्षिक कार्ययोजना बुझाउन निर्देशन दिएको छ । पालिकामा रहेका सहकारी मध्ये १३ वटा सहकारीले बार्षिक कार्ययोजना बुझाएकोले बाँकी सहकारी संस्थाले साउन ३० गतेभित्र बुझाउन सूचना जारी गरेको हो ।
कागेश्वरी मनहरा नगरपालिका सहकारी ऐन २०७५ को दफा ५२ (ख) बमोजिमको सहकारी वार्षिक कार्य योजना प्रस्ताव बुझाउनु पर्ने पालिकाले जनाएको छ । बार्षिक कार्ययोजना बुझाउन बाँकी संस्थाले साउन ३० गतेभित्र नगरपालिका सहकारी शाखामा बुझाउन भनेको छ । ३० दिन भित्र नबुझाए कागेश्वरी मनोहरा नगरपालिका आर्थिक ऐन २०८२ बमोजिम कारवाही गर्ने जनाएको छ ।
बार्षिक बार्ययोजना बुझाउने संस्थाहरुः
१, करेसाबारी कृषि सहकारी संस्था लि.
२. सूर्य सन्देश वचत तथा ऋण सहकारी संस्था लि.
३. मिलनसार वचत तथा ऋण सहकारी संस्था लि.
४. डाँछी थली महिला बचत तथा ऋण सहकारी संस्था लि.
५. पूर्वी उपत्यका बहुउद्देश्यीय सहकारी संस्था लि.
६. श्री बालकुमारी बचत तथा ऋण सहकारी संस्था लि.
७. भद्र मिलन बहुउद्देश्यीय सहकारी संस्था लि.
८. जन सुरक्षा कृषि सहकारी संस्था लि
९. पारपी देवी महिला बचत तथा ऋण सहकारी संस्था लि.
१०. जगतहित वचत तथा ऋण सहकारी संस्था लि.
११. मुलपानी आवास उपभोक्ता सहकारी संस्था लि.
१२. देवी बचत तथा ऋण सहकारी संस्था लि
१३.गणनायक कृषि सहकारी संस्था लि.
Leave a comment