हाइलाइट

पालिकाको बजेटमा सहकारी, विराटनगर महानगरः २४ लाख बजेट विनियोजन

पालिकाको बजेटमा सहकारी, विराटनगर महानगरः २४ लाख बजेट विनियोजन :: Sahakari Akhabar

विराटनगर । विराटनगर महानगरपालिकाले आगामी आर्थिक बर्ष ०८२ / ०८३ को लागि ४ अर्व ४० लाखको बजेट प्रस्तुत गरेको छ । भौतिक निर्माण र सामाजिक क्षेत्रलाई प्राथमिकतामा राखेको महानगरले सहकारीको लागि २४ लाख बजेट विनियोजन गरेको छ । ‘सहकारी शुद्धिकरण हाम्रो अभियान’ नारा सहित उत्कृष्ट सहकारी संस्थालाई सवलीकरण गर्ने बजेटमा उल्लेख छ।

सहकारीको क्षेत्रमा उत्कृष्ट कार्य गर्दै आएको महानगरले आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रममा ‘सहकारी शुद्धिकरण हाम्रो अभियान’ नारा सहित सहकारी संस्थालाई व्यवस्थित, नियमसंगत, सुरक्षित र सक्षम बनाई संस्थागत सुशासन प्रवद्र्धन गर्ने भएको छ।

त्यस्तै सहकारी संस्थाहरुको निरीक्षण र अनुगमनलाई कानूनसम्मत, नियमित र उपलब्धिमूलक बनाउने उल्लेख गरेको छ । त्यस्तै सहकारी ऐन, नियमावली र दिग्दर्शनको संसोधन र आवश्यक कार्यविधिहरु तर्जुमा गर्नुका साथै सहकारी संस्थाहरुको विवरण सुव्यवस्थित रुपमा अभिलेखन गरिने नीति तथा कार्यक्रममा समावेश गरेको छ । महानगरले निष्कृय र समस्याग्रस्त सहकारी संस्थाको पहिचान र व्यवस्थापन गर्ने र पुरस्कार र अनुदानमार्फत उत्कृष्ट सहकारी संस्थाहरुलाई सवलीकरण समेत गर्ने भएको छ ।



Leave a comment