काठमाडौं । पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२ / ८३ का लागि ८ अर्ब ३५ करोड १२ लाख रुपैयाँको बजेट ल्याएको छ । उपप्रमुख मञ्जुदेवी गुरुङले आइतबार १७ औं नगर सभामा चालु आर्थिक वर्षभन्दा ५३ करोड ८० लाख रुपैयाँ बढीको बजेट प्रस्तुत गरेकी छन् । बजेटमा महानगर र सहकारी, हाम्रो साझेदारी कार्यक्रम अन्तरगत सहकारी क्षेत्रको लागि ९२ लाख बजेट विनियोजन गरेको उल्लेख छ।
त्यसैगरी सहकारीलाई उद्यमशील बनाउन एक सहकारी एक व्यावसायिक उत्पादनमा जोड दिँदै बजारीकरणमा सहजीकरणको लागि ३० लाख विनियोजन गरेको छ । त्यसैगरी सहकारीको सूचकमा आधारित अनुगम तथा नियमन तथा समस्याग्रस्त र जटिल अवस्थाका सहकारीहरुको वित्तीय विश्लेषणको लागि ३० लाख विनियोजन गरेको जनाएको छ ।
बजेटमा सहकारीहरूको क्षमता विकास कार्यक्रम अन्तर्गत विभिन्न चरणमा क्षमता अभिवृद्धि तालिम सञ्चालन गरिएको छ । सूचकमा आधारित १०१ सहकारीको अनुगमन पश्चात् आवश्यक सुधारका लागि सुझाव तथा निर्देशन दिइएको छ । बजार अनुगमनको कार्य प्रभावकारी रूपमा सञ्चालन गरिएको छ । समस्याग्रस्त २ सहकारीको वित्तीय विश्लेषण गरी कारबाहीको प्रक्रियामा राखिएको छ ।
Leave a comment