काठमाडौं । बागमती प्रदेश समस्याग्रस्त सहकारी व्यवस्थापन समितिमा दुई जना सदस्य नियुक्त भएका छन् । हिजो बसेको मन्त्रिपरिषद् बैठकले धादिङ थाक्रे गाउँपालिका ११, का नेत्रराज पौडेल र रामेछाप मन्थली नगरपालिका १, की निशा न्यौपानेलाई सदस्यमा नियुक्त गर्ने निर्णय गरेको हो।
पौडेल बागमती प्रदेश सहकारी संघका महासचिव समेत हुन् । प्रदेश सहकारी ऐनमा व्यवस्था भए अनुसार पौडेल प्रदेश संघबाट पदेन सदस्यको रुपमा समितिमा नियुक्ती भएका हुन भने न्यौपाने एमाले कोटाबाट राजनीतिक नियुक्त भएकी हुन् । यस अघि २ जना नेपाली कांग्रेस र १ जना नेकपा माओवी केन्द्रबाट समितिमा सदस्य नियुक्त भएका थिए । समितिमा विज्ञताका आधारमा एकजना चार्टर्ड एकाउन्टेन्टको नियुक्ति बाँकी छ।
यसअघि २२ पुस ०८० मा बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश सहकारी ऐन, २०७६ को दफा ८२ ९१० अनुसार समितिको गठन गरी अध्यक्ष तीन सदस्य नियुक्त गरेको थियो । समितिको अध्यक्षमा प्रभात अधिकारी छन । बागमती प्रदेश सरकारले ५ वटा सहकारी संस्थालाई समस्याग्रस्त घोषणा गरिसकेको छ ।
ती सहकारी संस्थाको बचत र ऋणको दायित्व फरफारक गरी पीडित बचतकर्ताको रुकम फिर्ता गर्नु समितिको मुख्य कार्य रहेको छ । समितिले काठमाडौंको अनामनगरमा कार्यालय स्थापना गरी कार्य थालेको एक बर्ष भएको छ।
Leave a comment