हाइलाइट

बेसीशहरमा सहकारी कानुन सम्बन्धी एकदिने अभिमुखीकरण गोष्ठी 

बेसीशहरमा सहकारी कानुन सम्बन्धी एकदिने अभिमुखीकरण गोष्ठी  :: Sahakari Akhabar

काठमाडौं । सहकारी रजिष्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखराले बेसीशहरमा सहकारी कानुन सम्बन्धी एकदिने अभिमुखीकरण गोष्ठी सम्पन्न भएको छ । लमजुङ जिल्लाको बेसीशहरमा सहकारी, सहकारिता तथा ऐन नियम सम्बन्धी एकदिने अभिमुखीकरण गोष्ठी सम्पन्न भएको हो । गोष्ठीको समन्वय जिल्ला सहकारी संघ, लमजुङले गरेको थियो ।

गोष्ठीको उद्धघाटन गर्दै जिल्ला समन्वय समिति, लमजुङका प्रमुख पूर्ण बहादुर गुरुङले सहकारी ऐन कानुनमा संशोधन एवं परिमार्जन हुँदै आएको सन्दर्भमा सहकारी संस्था समेत समयानुकूल मर्यादित र सुदृढ हुँदै जानुपर्ने बताए । सहकारीका पदाधिकारीहरूमा पारदर्शिता, जवाफदेहिता र जिम्मेबारिता वृद्धि हुनुपर्ने उनले बताए ।

सहकारी रजिष्ट्रार भेषराज रिजालको अध्यक्षतामा भएको गोष्ठीमा लमजुङ जिल्लाका सबै स्थानीय तहका विभिन्न सहकारीका १२० जना पदाधिकारीहरूको सहभागिता रहेको थियो । गोष्ठीमा रजिष्ट्रार रिजाल, शाखा अधिकृत ईश्वरी ढकाल र तथ्याङ्क अधिकृत सूर्यप्रसाद आचार्यले कार्यपत्र प्रस्तुत गरेका थिए ।

कार्यक्रममा स्वागत मन्तव्य जिल्ला सहकारी संघ लमजुङका अध्यक्ष विजय गुरुङले राखेका थिए । गोष्ठीमा दूधपोखरी गाउँपालिकाका उपाध्यक्ष क्षेत्रबहादुर गुरुङ, दोर्दी गाउँपालिकाका उपाध्यक्ष भिक्षा बहादुर घले, क्व्होलासोथर गाउँपालिकाका उपाध्यक्ष गमी माया गुरुङ, मस्र्याङ्दी गाउँपालिकाका उपाध्यक्ष जुना थापा तथा ती गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत र सहकारी शाखा प्रमुखहरूको समेत उपस्थिति रहेको थियो।

गोष्ठीमा सहकारी कानुनी व्यवस्था, ऋण व्यवस्थापन, कोपोमिस प्रणाली र लमजुङमा निष्क्रिय सहकारीहरूको विवरणका सम्बन्धमा प्रस्तुती भएका थिए । सहभागीहरूले ऋणीले ऋण नतिरी लेनदेन मुद्दा चलाउनुपर्दा सन्दर्भमा व्याजभन्दा कम रकम मात्र सहकारी संस्थामा असुल हुने गरेको, सहकारी बिग्रनुभन्दा पहिल्यै उचित निर्देशन हुने गरी अनुगमन नियमन हुनुपर्ने लगायतका सुझाव तथा प्रतिक्रिया राखेका थिए ।



Leave a comment