हाइलाइट

ललितपुर महानगरपालिकाले १६ वटा वडामा सहकारी सचेतना कार्यक्रम सञ्चालन गर्ने

ललितपुर महानगरपालिकाले १६ वटा वडामा सहकारी सचेतना कार्यक्रम सञ्चालन गर्ने :: Sahakari Akhabar

काठमाडौं । ललितपुर महानगरपालिका भित्रका सहकारीलाई महानगरले वडा सचेतना कार्यक्रम सुरु गरेको छ । महानगरपालिकाले हरेक वडामा सहकारी सचेतना कार्यक्रम सञ्चालन गर्न लागेको हो । प्रत्येक वडामा रहेका सहकारी संस्थाका सञ्चालकहरुलाई सहभागि गराएर सचेतना कार्यक्रम सुरु गरेको महानगरपालिकाले जनाएको छ । महानगरपालिकाले वडा न ९ बाट सहकारी सचेतना कार्यक्रम सुरु गरेको हो ।

सचेतना कार्यक्रममा अहिलेको अवस्थामा सहकारी  संस्थालाई कसरी सहज रुपमा सञ्चालन गर्न सकिन्छ र महानगरपालिकाले के गरिराखेको छ भन्ने जानकारी दिने गरिनेछ । यस आर्थिक बर्षमा १६ वटा वडामा सचेतना कार्यक्रम सञ्चालन गर्ने महानगरपालिकाले जनाएको छ ।

महानगरपालिका सहकारी शाखाका चन्द्रलाल डंगोलले सहकारी संस्थाका समस्याका बारेमा थाहा गर्ने र कसरी समाधान गर्न सकिन्छ भन्ने विषषमा केन्द्रीत रहेर छलफल गर्ने उदेश्यले सचेतना कार्यक्रम सुरु गरिएको बताए । ऐनमा भएको व्यवस्था अनुसार वडा सञ्जाल विकास गरी भविष्यमा महानगरीय सञ्जाल गठन गर्ने उनले जानकारी दिए ।

ललिपपुरमा महानगरपालिका मातहात  ३१४ संस्था  रहेका छन् । जसमध्ये १४ वटा सहकारी संस्था समस्यामा परेको उनको भनाइ छ । सदस्यको बचत फिर्ता गर्न नसकेका र महानगरपालिकाको सम्र्पकमा नआएका २ वटा सहकारी संस्थालाई प्रहरी कहाँ लेखि पठाइएको छ ।

अन्य सहकारी संस्थाका सञ्चालकलाई बचत फिर्ताको कार्ययाजना माग गरिएको छ । सम्पर्कमा रहेका सहकारी संस्थाको हकमा दुबै पक्षबीच सम्झौता गरेर बचत फिर्ताको लागि पहल गर्दै आएको उनले बताए ।



Leave a comment