काठमाडौं । बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ (बागमती प्रोस्कून)ले तेस्रो स्थापना दिवस मनाएको छ । स्थापना दिवसको अवसरमा संघले उत्कृष्ट संघसंस्था तथा ब्यक्तीहरुलाई सम्मान गर्ने घोषणा गरेको हो । स्थापना दिवसको दिन घोषणा गरिएको सम्मान तथा पुरस्कार आगामी साधारण सभामा प्रदान गर्ने जनाएको छ।
संघका अध्यक्ष उद्धव सापकोटाको अध्यक्षता र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव गोर्कणमणि दुवाडीको प्रमुख अतिथ्यतामा स्थापना दिवस मनाएको हो ।
कार्यक्रममा सचिव दुवाडीले वित्तीय अनुशासनको अभावले सहकारी क्षेत्रमा समस्या आएको बताए । सदस्य केन्द्रीत क्रियाकलापको अभाव, पारिवारिककरण ,सञ्चालकको मनोमानी र अनुत्पादक क्षेत्रमा अधिक लगानी गर्दा सहकारीमा समस्या आएको बताए ।
त्यसैगरी बागमती प्रदेश पर्यटन, उद्योग तथा सहकारी मन्त्रालयका सचिव नगेन्द्र रिजालले प्रदेश मातहत ३ हजार २ सय सहकारी रहेको बताए । सहकारी रजिष्ट्रार कार्यालय काठमाडौं खोल्ने प्रक्रिया अगाडी बढेको जानकारी दिंदै यो विषयमा प्रदेश सरकारले छिट्टै निर्नय गर्ने उनले बताए ।
कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कँडेलले बागमती प्रोस्कुन सक्रिय संघको रुपमा अगाडी बढेको भन्दै प्रदेशमा रहेका बचत ऋण सहकारीलाई व्यवस्थित गर्न प्रोस्कुनले भुमिका खेल्ने बताए ।
बागमती प्रदेश सहकारी विकास वोर्डका उपाध्यक्ष नारायण प्रसाद देवकोटाले आम सदस्य संस्थालाइ परेको समस्या समाधानका लागि प्रोस्कुनले नीतिगत सुधारका लागि पहल गर्नु पर्ने बताए । संघहरुले अहिलेको चुनौती सामान गर्नको लागि काम गर्नु पर्ने उनको भनाई थियो ।
कार्यक्रममा संघिय सहकारी विभागका रजिष्ट्रार नमराज घिमिरे, नेफ्स्कूनका महासचिव दामोदर अधिकारीलगायतले स्थापना दिवसको शुभकामना मन्तब्य राखेका थिए ।
सम्मानीत संघसंस्था तथा ब्यक्तीहरु
सहकारी अभियान्ता सम्मान, राष्ट्रिय सहकारी महासंघका सञ्चालक डिबी बस्नेत
उत्कृष्ट सहकारी सञ्चारकर्मी सम्मान, सहकारी अखबार डटकमका प्रधान सम्पादक खिलानाथ दाहाल
प्रदेश उत्कृष्ट व्यवस्थापक, कल्याणकारी बचत तथा ऋण सहकारी संस्था ललितपुरका ब्यवस्थापक कुमार खत्री
उत्कृष्ट पदाधिकारी एवं सञ्चालक सम्मान (सदस्य संघ / संस्था ) बचत तथा ऋण सहकारी संघ दोलखाका अध्यक्ष भूमिराज खड्का
उत्कृष्ट कर्मचारी सानुमैया दाहाल (बञ्जरा)
उत्कृष्ट जिल्ला बचत संघ मकवानपुर
उत्कृष्ट बचत तथा ऋण सहकारी संस्था, बिन्दबासिनी बचत तथा ऋण सहकारी काभ्रे
उत्कृष्ट महिला बचत तथा ऋण सहकारी सज्जन महिला बचत तथा ऋण सहकारी काठमाडौं
उत्कृष्ट सेवा उपयोग सम्मान मनकामना बचत तथा ऋण सहकारी काभ्रे
उत्कृष्ट लगानीकर्ता सम्मान, जनमुखी बचत तथा ऋण सहकारी दोलखा
उत्कृष्ट बचतकर्ता सम्मान भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी भक्तपुर
Leave a comment