विराटनगर । कोशी प्रदेश सरकारले आफ्नो एक सय दिनको उपलब्धिहरु सार्वजनिक गरेको छ । मंगलबार मुख्यमन्त्री तथा मन्त्रीपरषद्को कार्यालयमा पत्रकार सम्मेलन गरी कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले एक सय दिनको उपलब्धिहरु सार्वजनिक गरेका हुन् ।
सार्वजनिक उपलब्धिहरुमा सहकारीका थोरै बुँदाहरु पनि छन् । कोशी प्रदेश सरकारले प्रदेशमा रहेका उत्कृष्ट सहकारी संस्थाहरु र सहकारीकर्मीहरुलाई प्रोत्साहन तथा सम्मान गर्ने उदेश्यले सहकारी ऐनमा भएको व्यवस्था अनुरुप सहकारी क्षेत्रमा प्रदान गरिने पुरस्कार मापदण्ड, २०७० स्वीकृत गरेको उल्लेख गरेको छ ।
त्यसैगरी कोशी प्रदेश सरकारले वर्तमान सन्दर्भमा सहकारी क्षेत्रमा देखिएका विविध समस्या समाधान गर्न र सहकारीका सम्वन्धमा फैलिएका नकारात्मक प्रचार प्रसारका सम्वन्धमा आम जनतामा सचेतना फैलाउन प्रदेश सहकारी रजिष्ट्रार तथा प्रशिक्षालयबाट १३ बुँदे निर्देशन जारी गरी सहकारी प्रति विश्वासनियता बृद्धि गर्ने कार्य गरिएको कुरालाई पनि उपलब्धिमा समेटेको छ ।
कोशी प्रदेश सरकारले व्यवसायिक बाख्रापालनको लागि ११ समुह÷सहकारी मार्फत ५५० कृषकहरुको सहभागितामा बाख्रा श्रोत केन्द्र विकास कार्यक्रम सञ्चालन गरिएको एक सय दिनको कार्यउपलब्धिमा उल्लेख छ ।
प्रदेशमा कृषि, सहकारी र उद्योग क्षेत्रको विकासका लागि कृषि तथा वित्तिय क्षेत्रका विज्ञहरुसँग कृषि नीति योजना तथा कार्यक्रम सम्वन्धमा नीति सम्बाद संचालन गरिएको ।
प्रदेशमा उत्पादन हुने विभिन्न बाली, वस्तु सम्बद्ध विषयगत संघ संगठन तथा सहकारी र किसान सम्वद्ध संघ संगठनहरुसँग अन्तरक्रिया छलफलका माध्यमबाट नीति कार्यक्रम तय गर्न तथा कार्यक्रम कार्यान्वयन गर्न पृष्ठपोषण प्राप्त भएको पनि कार्य उपलब्धिमा जनाईएको छ ।
Leave a comment