काठमाडौ । सहकारीकर्मीहरुले ‘सहकारी बचाउ राष्ट्रिय अभियान’का नामबाट भोली राष्ट्रिय सहकारी महासंघलाई ज्ञापन पत्र बुझाउने भएको छ । अभियानले सहकारी क्षेत्र बचाउन चरणवद्धरुपमा दवाव मुलक कार्यक्रम गर्ने भएको हो ।
सहकारी क्षेत्रमा देखिएको समस्या समाधानका लागि नेताहरुले चासो नदेखाएकोले विभिन्न सहकारी संस्थामा आवद्ध सहकारीहरुर्मीहरुले स्वतन्त्र रुपमा सहकारी बचाउनका लागि दवाव दिन मंगलबारदेखि दवावमुलक कार्यक्रमको आयोजना गरेका हुन्।
सहकारी क्षेत्रलाई राज्यले उचित सम्मान नदिएको र आफै सकाउन लागि परेको भन्दै सहकारीकर्मीहरुले मंगलबार साढे १० बजे राष्ट्रिय सहकारी महासंघ र सहकारी विकास बोर्डको प्रागणमा दवावमुलक कार्यक्रम गर्ने जनाइएको छ ।
अर्थतन्त्रको तेस्रो खम्बाको रुपमा संविधानले नै स्वीकारेको सहकारी क्षेत्रलाई राज्यले कुनै महत्व नदिएको साथै पछिल्लो समयमा सम्पत्ति शुद्धिकरणको नाममा सहकारी क्षेत्रमाथि भएको प्रहारको विरोध स्वरुप दवाव कार्यक्रम गर्न लागिएको सहकारीकर्मीहरुले जानकारी दिएका छन् ।
विगत केहि महिनादेखि सहकारी क्षेत्रमा देखिएको समस्याका कारण सहकारी संस्थाका सदस्य, संचालकहरू तथा कर्मचारीहरू असाध्यै प्रताडित हुँदापनि अभियानका नेताहरुले वेवास्ता गरेको उनीहरुको भनाई छ ।
यस विषयमा पटकपटक सहकारीकर्मीहरूले सम्बन्धित निकायलाई ध्यानाकर्षण गराए पनि समस्या समाधानका लागि सहकारी अभियान तथा राज्यका तर्फबाट परिणाममुखी काम गर्ननसकेको उनीहरुको आरोप छ ।
आम सहकारीर्कीका मागहरू संवोधन गर्न संघहरू एवं महासंघबाट पटक पटक प्रतिबद्धता व्यक्त गर्दै विभिन्न संयन्त्र निर्माण गरिए पनि नतिजा ननिस्किएको, सहकारी क्षेत्रका समस्या समाधानका लागि संघहरूले नेतृत्वदायी भूमिका निर्वाह गर्न नसकेकोले आन्दोलनका कार्यक्रम घोषणा गर्न बाध्य भएको सहकारीकर्मीको भनाइ छ ।
महासंघलाई १३ बुँदे माग राखेर ज्ञापनपत्र बुझाइने उनीहरुले बताएका छन् । स्वतः स्फुर्त रुपमा सो आन्दोलनमा सहभागि हुन पनि सहकारी बचाउन अभियानले आग्रह गरेको छ ।
Leave a comment