हाइलाइट

जनहितकारी साकोसको अर्धबार्षिक समिक्षा गोष्ठी सम्पन्न 

जनहितकारी साकोसको अर्धबार्षिक समिक्षा गोष्ठी सम्पन्न  :: Sahakari Akhabar

सुर्खेत । जनहितकारी वचत तथा ऋण सहकारी संस्थाको अर्धवार्षिक समिक्षा गोष्ठी वीरेन्द्रनगरमा सम्पन्न भएको छ। संस्थाका अध्यक्ष हरिहरनाथ योगीको सभापतित्वमा सम्पन्न कार्यक्रममा अघिल्लो समिक्षाको निष्कर्ष तथा आव २०७९ / ०८० को बार्षिक नीति, कार्यक्रम तथा बजेटका आधारमा तयार गरेको लक्ष्य अनुसार अर्धवार्षिक अवधिको रणनितिहरु र कार्यान्वयन, अर्धवार्षिक प्रगतिको समिक्षा तथा सवल पक्ष, सुधार गर्नुपर्ने कुराहरु र चालु आवको निर्धारीत लक्ष्य तथा प्रगति हासिल गर्नका लागि अपनाउनुपर्ने थप रणनीतिहरुको बारेमा विस्तृत छलफल भएको थियो।

कार्यक्रममा संस्थाको मूख्य कार्यालय लगाएत तीनवटै सेवा कार्यालयका सेवाकेन्द्र प्रमुखहरुले क्षेत्रगत प्रगति प्रतिवेदन एवं रणनीती, समष्टिगत प्रगति एवं लक्ष्य प्राप्तीका प्रतिवेदनहरु प्रस्तुत गरेका थिए । त्यसैगरी लक्ष्य हासिल गर्ने रणनिति र कार्यक्रम संचालनका लागि संस्थाका कोषाध्यक्ष नवराज कडेंलले थप निर्देशन गरेका थिए ।

वार्षिक निति, कार्यक्रम तथा बजेटका बिषयमा पिपिरा सेवाकेन्द्र प्रमुख प्रेम आचार्य र संस्थाको वित्तिय प्रतिवेदनका विषयमा लेखापाल बसन्तबहादुर बुढाले सहजीकरण गरेका थिए । कार्यक्रममा पूर्व सञ्चालक, विभिन्न उपसमितीका पूर्व सदस्यहरु, वर्तमान सञ्चालक समितिका पदाधिकारी एवं सदस्यहरु, लेखा तथा सुपरीवेक्षण समितिका संयोजक रुद्रबहादुर खत्री एवं सदस्यहरुको उपस्थिति रहेको थियो।

त्यसैगरी ऋण उपसमितीका संयोजक बलीराम जैसी एवं शिक्षा उपसमिति संयोजक हरिहर वस्नेत एवं सदस्यहरु, महिला तथा बालबालिका परिचालन उपसिमिति संयोजक रन्जीता भारती एवं सदस्यहरु, सञ्चालक एवं शाखा सुपरीवेक्षक कृष्णप्रसाद गौतम, संस्थाका प्रवन्धक हिमलाल गौतम, बजार सेवा केन्द्र प्रमुख मित्रेन्द्रनाथ योगी, त्यसैगरी विभागीय प्रमुख कर्मचारीहरु लगाएत ५१ जनाको उपस्थीती रहेको संस्थाका वित्तिय परामर्शक एवं सूचना अधिकारी भोजप्रसाद आचार्यले जानकारी दिए । कार्यक्रममा कोषाध्यक्ष नवराज कडेंलले स्वागत मन्तब्य राखेका थिए ।



Leave a comment