हाइलाइट

मधेश प्रदेशको सहकारी मन्त्रीमा बसन्त कुमार कुशवाहा 

मधेश प्रदेशको सहकारी मन्त्रीमा बसन्त कुमार कुशवाहा  :: Sahakari Akhabar

काठमाडौं। मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले मन्त्रीमण्डल विस्तार गरेका छन् । मुख्यमन्त्री यादवले ६ मन्त्री र ३ राज्यमन्त्रीलाई नियुक्त गरेसंगै १३ सदस्यीय मन्त्रीमण्डल विस्तार गरेका हुन् ।

विस्तारित मन्त्रीमण्डलमा बसन्त कुमार कुशवाहा भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री तथा सञ्जयकुमार यादव भूमि व्यवस्था कृषि तथा सहकारी राज्य मन्त्री भएका छन् ।

प्रदेश प्रमुख हरिशंकर मिश्रले नव नियुक्त मन्त्रीहरुलाई पद तथा गोपनियताको शपथ ग्रहण गराएका थिए । महेशप्रसाद यादवलाई शिक्षा विज्ञान प्रविधि तथा बाणिज्य मन्त्री बनाइएको छ ।

भौतिक पुर्वाधार विकास मन्त्रालयको जिम्मेवारी सरोजकुमार यादवले पाएका छन्  । त्यस्तै, संजय कुमार यादवलाई अर्थ, सुरिता कुमारी साह सामाजिक विकास, शत्रुधनप्रसाद सिंह गृह तथा सञ्चार मन्त्रालय, सिंगासन सा कलवार खानेपानी तथा उर्जा विकास मन्त्री भएका छन्।

त्यसैगरी, राजकुमार लेखी कानुन न्याय र प्रदेशसभा मामिला तथा मोहम्मद जयद आलम महिला बालबालिका, युवा तथा खेलकुद मन्त्री भएका छन् ।


 



Leave a comment