विराटनगर । मोरङको लेटाङमा रहेको लेटाङ बचत तथा ऋण सहकारी संस्था लिं.ले आफ्नो स्थापना दिवसको अवसरमा म्याराथोन प्रतियोगिताको आयोजना गरेको छ । सहकारीले बिहिबार आफ्नो ३० औं स्थापना दिवस मनाउँदै छ । दिवसको अवसर पारेर बुधबार अन्तर मा वि स्तरीय मिनि म्याराथोन प्रतियोगिता आयोजना गरेको हो । प्रतियोगितामा ३७ जना बिद्यार्थीहरूले भाग लिएका थिए ।
प्रतियोगितामा शान्ती भगवती मा विका उपेन्द्र थापा मगर प्रथम भएका छन् । उनले १२ मिनेट ५३ सेकेन्डमा तोकिएको दुरी पार गरेका थिए । यसैगरी जाँते मा विका मनिश राई द्धितिय भएका छन् । उनले १३ मिनेट १० सेकेन्डमा तोकिएको दुरी पार गरेका थिए । त्यस्तै शान्ती भगवति मा वि कै आशिष बि क तृतीय भएका छन् । उनले १३ मिनेट २५ सेकेन्डमा तोकीएको दुरी पार गरेका थिए ।
सहभागिहरुलाई ३ कि मि ७०० मिटर दुरी राखिएको थियो । प्रथम, द्धितिय र तृतिय हुने प्रगियोगिलाई क्रमशः ५ हजार रुपैयाँ, ३ हजार रुपैयाँ र २ हजार रुपैयाँ नगद सहित प्रमाणपत्र प्रदान गरिने सहकारीले जनाएको छ। उनीहरुलाई बिहिबार मनाईने ३० औं स्थापना दिवसको दिन पुरस्कार वितरण गरिने जनाईएको छ ।
Leave a comment