मन्थली । प्रबिधि संगै नवजागरण साकोस अभियानलाई अघि बढाउँदै नवजागरण बचत तथा ऋण सहकारी संस्थाले सदस्यहरुलाई क्यूआर कोर्ड बितरण कार्य सुरु गरेको छ।
संस्थाका शेयर सदस्यहरुलाई क्युआर कोर्डमार्फत सोझै खातामा रकम जम्मा हुने गरि संस्थाले पहिलो चरणमा मन्थली बजारमा क्यूआर बितरण गरेको हो । संस्थामा हाल ८ हजार ३०० सदस्य रहेका छन् ।
संस्थाको जम्मा सम्पति ५९ करोड तथा शेयर पुजी ४ करोड ५२ लाख रहेको संस्थाका ब्यवस्थापक रमेश उदासले जानकारी दिएका छन् । संस्थाले ४३ करोड बचत संकलन गरि ३९ करोड ऋण लगानी गरेको छ ।
संस्थाको जगेडा कोषमा ६ करोड रहेको जनाइएको छ । संस्थाको कार्य क्षेत्र ४ वटा पालिकाको ३९ वटा वडा तथा मन्थली नगरपालिका, रामेछाप नगरपालिका, खाँडादेबी गाऊपलिका र लिखु तामाकोशी गाऊपालिका रहेको छ ।
मुख्य कार्यलय मन्थलीका साथै धोबी सेवा केन्द्र लिखु तामाकोसीमा र सबै बडामा मासिक बचत संकलन गर्ने लक्ष्य लिएको ब्यवस्थापक उदासले जानकारी दिएका छन् ।
Leave a comment