हाइलाइट

टुगा आस्था विकासको चौथो सेवाकेन्द्र देवपथमा

टुगा आस्था विकासको चौथो सेवाकेन्द्र देवपथमा :: Sahakari Akhabar

बुटवल । टुगा आस्था विकास बचत तथा ऋण सहकारी संस्थाको चौथो सेवाकेन्द्र सिद्धार्थनगर नगरपालिका ८ देवपथमा स्थापना भएको छ।संस्थाले चौथो सेवाकेन्द्र स्थापनासंगै वित्तीय कारोबार पनि शुरु गरेको छ।

सिद्धार्थनगर नगरपालिका नगरप्रमुख इश्तियाक अहमद खाँले उक्त सेवाकेन्द्रको उद्धघाटन गरेका हुन् । नगरप्रमुख खाँ ले संस्था सदस्यले हितहुने कार्य गरेको बताए।

उनले सदस्यको ५ लाखको दुर्घटना बीमा, १० लाखसम्म ऋण बीमा, बिरामी सदस्यलाइ आवश्यकताको आधारमा निशुल्क रगत सुबिधा दिएकोमा खुसी ब्यक्त गरे।

सदस्यको निधनमा १५ हजार शोक राहत, सदस्यको हकवालाको निधनमा समवेदना तथा आर्थिक राहत र आपतकालिन बिनाव्याजमा २५ हजार सापटी जस्ता सदस्य सुविधाले सदस्यको अतिनै हित हुने कार्य गरिरहेको बताए।

राष्ट्रीय सहकारी महासंघका संचालक एवं जिल्ला सहकारी संघ रुपन्देहीका अध्यक्ष भिम तुलाचनले रुपन्देहीको सहकारी अभियानले तिनै तहका सरोकारवाला नियमन निकायलाई सुझाव तथा टिप्पणी र आमस दस्यलाइ सचेत भएर कारोबार गर्न बिभिन्न माध्यमबाट झक्झकाउने कार्य गरिरहेको बताए ।

जिल्ला बचत तथा ऋण सहकारी संघ रुपन्देहीका अध्यक्ष प्रकाश भट्टराइले  संस्था नीति, बिधि र प्रविधिबाट संचालित भएको बताए। कार्यक्रममा सिद्धार्थनगर नगरपालिका सहकारी शाखा प्रमुख कमलकान्त खनाल, पुर्व सहकारी निरीक्षक चन्द्रकान्त भट्टराइ, लुम्बिनी प्रेस क्लब अध्यक्ष नरेश केसीलगायत मन्तव्य राखेका थिए ।

कार्यक्रममा संस्थाका अध्यक्ष डीबी थापा, उपाध्यक्ष परसुराम बास्तोला तथा संचालक गोकुल पोख्रेलको सहभागीता रहेको थियो।



Leave a comment