बचत संघ मोरङको निर्वाचन : कोषाध्यक्षमा मात्र दुई जनाको उम्मेदवारी 

बचत संघ मोरङको निर्वाचन : कोषाध्यक्षमा मात्र दुई जनाको उम्मेदवारी  :: Sahakari Akhabar

चीना थापा, विराटनगर ।  जिल्ला बचत तथा ऋण सहकारी संघ मोरङको चुनावी साधारण सभा पुस २ गते हुँदै छ । संघको निर्वाचन कार्यतालिका अनुसार मंलगबार भएको मनोनयन दर्तामा अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, महिला उपाध्यक्ष, सचिव र सह सचिवमा एकल उम्मेदवारी परेको छ ।

कोषाध्यक्षमा भने दुई जनाको उम्मेद्वारी परेको छ । सघको पदाधिकारी अहिलेसम्म निर्विरोध चयन हुने गरेको छ । विगतलाई हेर्दा संघको पदाधिकारी निर्विरोध भएपनि सदस्यहरुमा भने चुनाव हुनेगरेको छ ।

मंगलबार भएको मनोनयनमा संघको अध्यक्ष पदमा सुनपकुवा साकोस उर्लाबारीका प्रेमप्रकाश कोईरालाको मात्र उम्मेदवारी परेको छ। कोईराला हालका बरिष्ठ उपाध्यक्ष हुन ।

यसैगरी बरिष्ठ उपाध्यक्षमा शनिश्चरे साकोस पथरीशनिश्चरेका एकराज निरौलाको मात्र उम्मेदवारी परेको छ । निरौला हालका सञ्चालक समितिका सचिव हुन् । यस्तै महिला उपाध्यक्षमा जनमैत्री साकोस विराटनगरी अध्यक्ष सीतादेवी अधिकारी लामिछानेको एकल उम्मेदवारी परेको छ । उनी सञ्चालक समिति सदस्य थिईन ।

संघको सचिवमा पनि एकल उम्मेदवारी परेको छ । सचिवमा समझदारी साकोस उर्लाबारीका जीवन बस्नेतको उम्मेदवारी परेको छ । बस्नेत संघको सञ्चालक समितको कोषाध्यक्ष हुन् ।

कोषाध्यक्षमा भने दुई जनाको उम्मेदवारी परेको छ । जागरुक साकोस विराटनगरका सचिव उमेश गुरुङ र हाम्रो साकोस उर्लाबारीका ढक बहादुर थापा (डि.बी) को उम्मेदवारी परेको निर्वाचन समितिका संयोजक गणेश प्रसाद दाहालले जानकारी दिए ।

संघको लेखा समिति संयोजकमा पथरीशनिश्चरेमा रहेको अष्टलक्ष्मि साकोसकी अध्यक्ष राइको एकल उम्मेदवारी परेको छ । संघकी हालकी उपाध्यक्ष वीना राईको मात्र उम्मेदवारी परेको हो ।

दुई जना सदस्यको लागि भने तीन जनाको उम्मेदवारी परेको छ । लेखा समिति सदस्यमा महालक्ष्मि साकोस बुढीगंगाका खेमराज गौतम, सलकपुर साकोस  सुन्दरहरैचाका घनश्याम उपाध्याय ढकाल र जनप्रेमी साकोस बेलबारीका हेमबहादुर श्रेष्ठको उम्मेदवारी परेको छ ।

संघको सदस्यमा उम्मेद्वारी दिनेहरुको संख्या बढी छ । संघमा ६ पदाधिकारी र ११ सदस्य गरी १७ जनाको सञ्चालक समिति हुनेछ । १ जना पदेन सदस्य हुनेछ भने तीन जनाको लेखा समिति बन्नेछ ।

महिला सदस्य र खुल्ला सदस्य गरी ११ जना सञ्चालक समिति सदस्य चयन हुनेछन् । ११ पदका लागि २३ जनाको उम्मेदवारी परेको छ।



Leave a comment