हाइलाइट

सामाजिक साकोस १२ औं बर्षमा 

सामाजिक साकोस १२ औं बर्षमा  :: Sahakari Akhabar

विराटनगर । विराटनगर महानगरपालिकाको वडा नं. १५ मा रहेको सामाजीक बचत तथा ऋण सहकारी संस्था लिं. १२ औं बर्षमा प्रवेश गरेको छ । सहकारीको शनिबार सम्पन्न ११ औं बार्षिक साधारण सभामा सहकारीका अध्यक्ष मित्रलाल गिरीले सहकारीको प्रगति प्रतिवेदन प्रस्तुत गर्दै सहकारी १२ औं बर्षमा प्रवेश गरेको जानकारी दिएका हुन ।

बाष्र्आिक प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष गिरीले सहकारीले सदस्य केन्द्रित कार्यक्रहरु सञ्चालन गरिरहेको जानकारी दिए । उनले सहकारी छाता संस्थाहरु, जिल्ला संघ, बचत संघ, नेफ्स्कून, सहकारी बैंक लगायतका संस्थामा आवद्ध भएको बताए । सहकारी समुदायमा आधारित भई सञ्चालनमा रहेको बताउँदै उनले सहकारीको सिद्धान्त अनुसार नै सहकारीलाई अगाडि बढाईरहेको बताए ।

सहकारीका कोषाअध्यक्ष मंगलमान श्रेष्ठद्धारा प्रस्तुत आर्थिक प्रतिवेदनका अनुसार सहकारीको शेयर पुँजी ३४ लाख १५ हजार ५ सय रुपैया रहेको छ । सहकारीले  १ करोड ६५ लाख ८४ हजार ४८८ रुपैया ऋण लगानी गरेको छ भने सहकारीको निक्षेप १ करोड ५९ लाख ९१ हजार ४४० रुपैया रहेको छ ।

सहकारीको जगेडा कोष १ लाख ६९ हजार ९ रुपहसाशैया ६१ पैसा रहेको छ भने नगद मौज्दात ५ लाख २४ हजार ७६० रुपैया १६ पैसा रहेको छ । कोष हिसाव २१ लाख १० हजार ५९० रुपैया १२ पैसा रहेको छ । सहकारीले ९३ हजार ११२ रुपैया ६० पैसा खुद आम्दानी गरेको छ ।

विराटनगर १५ मा रहेको श्री मनकामना सेकेन्डरी इन्लिस बोडिङ् स्कूलमा भएको साधारण सभामा लेखा समिति संयोजक ओमकार आचार्यले लेखा तथा सुपरिवेक्षण समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए । आचार्यद्धारा प्रस्तुत प्रतिवेदनका अनुसार सहकारी सहकारीको सिद्धान्त तथा ऐन नियम अनुसार नै सञ्चालन भएको उल्लेख गरिएता पनि समितिले सहकारीलाई ६ बुंदे सुझाव दिएको छ। लेखा समितिले संस्थाको शेयर सदस्य वृद्धि गर्नुपर्ने सुझाव दिएको छ ।

त्यसैगरी ऋण लगानी वृद्धि गर्न विभिन्न योजना बनाई प्रभावकारी ऋण लगानी गर्नुपर्ने, संस्थाले सदस्यहरुको आम्दानी वृद्धि गर्न व्यवसायिकमा जोड तथा तालिम व्यवस्थापन गर्नुपर्ने, संस्थाका खराब ऋणीहरुको निरन्तर तागेता तथा आवश्यकता अनुसार लिलामी प्रक्रियामा जानुपर्ने, सदस्यता वृद्धिका लागि संचालक, सदस्य, कर्मचारीको सकृयतामा जोड दिनुपर्ने ।साथै अन्य समान प्रकृतिका सहकारी बीच  एकिकरणमा जोड दिनुपर्ने र लेखा तथा सुपरिवेक्षण समितिले दिएको सुझाव सल्लाहहरुको कार्यान्वयनमा ध्यान दिनुपर्ने सुझाव समितिले  दिएको छ ।

साधारण सभाको अवसरमा उत्कृष्ट बचतकर्ता आशा श्रेष्ठ, सुजित कुमार साह, सत्तो सि.ह र रिता कुमारी साहलाई सम्मान गरेको छ भने उत्कृष्ट ऋणीमा शुशीला पन्त, अनीता सेन, अरुण चौधरी र शितु श्रेष्ठलाई सम्मान गरेको छ । सहकारीले खड्ग माया बानिया, उर्मिला देवी साह, मो. अफ्ताब (सुनिता खड्गी) र रिता भण्डारीलाई उत्कृष्ट शेयर सदस्य सम्मान गरेको छ ।



Leave a comment